चितवन विशेष

चितवनमा सिन्धु विकास बैंकका दुई शाखा

Banner

चितवन, असार १२-

सिन्धु विकास बैंकले पूर्वीचितवतनको दुई बजारमा शाखा बिस्तार गरेको छ ।

बैँकले चितवनको रत्ननगर स्थित टाँडी सौरहाचोक र खैरहनी स्थित पर्सा बजारमा शाखा विस्तार गरी सेवा सुरु गरेको हो । टाँडी शाखा कार्यालयको रत्ननगर नगरपालिकामा मेयर नारायण वन र पर्सा खैरहनी शाखाको खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले उद्घाटन गरेका छन् । टाँडीमा बैंकको १७ औं र खैरहनीमा १८ औं शाखाको रुपमा एकै दिन उद्घाटन गरिएको हो । दुई छुट्टा छुट्टै कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकले सञ्चालन गरेको सेवा, हाल सम्मको प्रगति तथा भावी कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

टाँडीमा आयोजित कार्यक्रममा मेयर वनले कृषिको क्षेत्रमा लगानी गर्न सो बैंकलाई आग्रह गरे । बैंकले २०६७ साल भदौ २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा केन्द्रीय कार्यालय र काभ्रेको बनेपामा कर्पोरेट कार्यालय राखेर कारोबार सुरु गरेको थियो । बैंकले हाल केन्द्रीय कार्यालय र कर्पोरेट कार्यालयको साथै मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्टी, जलबिरे र पनौती गरी कुल १४ वटा शाखा तथा सुकुटे र सिलढुङ्गामा रहेको सीमित बैंकिङ इकाई कार्यालयबाट सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>