चितवन विशेष

राप्ती नगरको बजेट ९४ करोड

Banner

चितवन, असार ११–

चितवनको राप्ती नगरपालिकाले कृषि र पर्यटन विकासलाई जोड दिएर आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार सम्पन्न पाँचौ नगर सभाबाट आर्थिक वर्ष २०७६/०७७ को लागि ९४ करोड २४ लाख ५० हजार रुपैयाँ बजेट ल्याएको हो । आन्तरिक आम्दानीबाट ६ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको नगर प्रमुख प्रभा बरालले जानकारी दिइन् । उनले आन्तरिक आम्दानी कम भए पनि केन्द्र र प्रदेश सरकारको सहयोगबाट नगरलाई विकासको उचाईमा लैजाने बताइन् ।

उपप्रमुख इमानसिं लामाले प्रस्तुत गरेको बजेटमा प्रदेश सरकारबाट समानिकरण अनुदानबाट एक करोड ७ लाख, प्रदेश सरकार राजश्व बाँडफाँडबाट ३ करोड ८० लाख, संघीय सरकार राजश्व बाँडफाँडबाट १२ करोड, समानिकरण अनुदानबाट १७ करोड, शसर्त अनुदान २५ करोड, तराई मधेश समृद्ध कार्यक्रमबाट २५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको छ ।

खर्चतर्फ आर्थिक विकासमा ३ करोड ५५ लाख, कृषितर्फ एक करोड ५० हजार, सामाजिक विकास १० करोड ३५ लाख, शिक्षामा २ करोड २३ लाख, स्वास्थ्य १ करोड ३ लाख, पूर्वाधार विकासमा १७ करोड ५७ लाख, सडक र पुलमा ७ करोड ७२ लाख, भवन तथा शहरीमा ७ करोड ८ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा १४ लाख ३० हजार, सुशासनमा ४६ लाख र प्रशासनिक खर्च १० करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख लामाले जानकारी दिए ।

पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायको जीवनस्तरमा परिर्वतन ल्याउन चेतनामुलक कार्यक्रमसंगै आयआर्जन, आर्थिक विपन्नताका कारण विद्यालय जान नसकेका चेपाङ समुदायका बालबालिकालाई होस्टेल सञ्चालन गरेर शिक्षा प्रदान तथा नगर भित्रको एक मात्र अस्पताललाई आगामी आर्थिक वर्षमा २५ शैयाको बनाउन पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नगर सभा समापन कार्यक्रममा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा साँसद सुरेन्द्र पाण्डेले स्थानीय जनताको आवश्यकता र जनचाहना अनुसार बजेट ल्याउन सुझाब दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>