चितवन विशेष

भरतपुरमा विपन्नलाई निःशुल्क मिटरबक्स वितरण

Banner

भरतपुर,असार ११-

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विपन्न परिवारलाई निःशुल्क मिटरबक्स वितरण गरेको छ । आज एक कार्यक्रमकाबीच केन्द्रले १०६ परिवारलाई निःशुल्क मिटरबक्स वितरण गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाका प्रमुख श्रीराम पाण्डेले मिटरबक्स वितरण गर्दै प्राधिकरणले सबै नागरिकका घर उज्यालो बनाउने अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । स्थानीय तहबाट आएको सिफारिस र वितरण केन्द्रको स्थलगत निरीक्षण पश्चात विपन्नलाई मिटरबक्स वितरण गरिएको भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी दिनुभयो ।

उहाँले मिटर, मिटरबक्स, एमसिबी र जडानखर्चसमेत केन्द्रले व्यहोर्ने बताउनुभयो । वितरण केन्द्रका इञ्जिनीयर शिशिर लम्सालले निःशुल्क मिटरबक्स वितरण गरिएका ग्राहकको घरमै पुगेर प्राविधिकले जडान गरिदिने जानकारी दिनुभयो । विद्युत्को प्रयोगका विषयमा पनि ग्राहकलाई जानकारी गराइने उहाँले बताउनुभयो ।

नेपाल सरकारको उज्यालो नेपाल कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा चितवनमा निःशुल्क मिटरबक्स वितरणका लागि रु एक करोड रकम विनियोजन गरिएको छ । भरतपुर वितरण केन्द्रमार्फत रु ६० लाख र टाँडी वितरण केन्द्रमार्फत रु ४० लाख विनियोजन भएको हो । टाँडी वितरण केन्द्रले एक साता अघिमात्रै मिटरबक्स वितरण गरिसकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>