कालिका
कालिका नगरपालिकाको बजेट ७७ करोड, सीमान्तकृत चेपाङलाई घर

चितवन,असार १०-
चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७७ करोड भन्दा वढि वजेट ल्याएको छ । नगरपालिकाको मंगलवार सम्पन्न चौथो नगर सभाले आर्थिक वर्ष २०७६÷७६ का लागि ७७ करोड २३ लाख ४४ हजार वरावरको वजेट ल्याएको हो ।
नगर सभामा नगर उपप्रमुख कमला भट्टराईले आगामी वर्षका लागि वजेट प्रस्तुत गरेकी थिईन् । प्रस्तुत वजेटमा चालु खर्च २८ करोड २ लाख ९ हजार र पुँजीगत खर्च ४९ करोड २१ लाख ३५ हजार रुपैया रहेको छ ।
उपप्रमुख भट्टराईका अनुसार आगामी वर्ष आन्तरीक आम्दानी १८ करोड ९ लाख ८० हजार रुपैया ,राजस्व वाँडफाँडबाट १ करोड २ लाख ९० हजार रुपैया,अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ ३९ करोड ४० लाख ७४ हजार,प्रदेश सरकारबाट ३ करोड ६ लाख ७४ हजार रुपैया आम्दानी हुने अनुमान छ । यही असार ४ गते प्रस्तुत गरिएको निति तथा कार्यक्रममा नगर सभाषदहरुले राखेको जिज्ञासामा नगर प्रमुख खुमनारायण श्रेष्ठले जवाफ दिएका थिए ।
सो अबसरमा उनले बजेटको पूर्ण कार्यान्वयन गरी विकास लक्ष्य पुरा गर्ने बताए । बजेट कतै चुहावट हुन दिन्नौं उनले नगरवासीले परिर्वतनको अनुभूति गर्ने गरी विकासको कामलाई अगाडि बढाउछौं । नगर सभाका वडाध्यक्ष विनोद रेग्मी लगायतका जनप्रतिनिधिहरुले नीति तथा कार्यक्रमको विषयमा जिज्ञासा राखेका थिए । नीति तथा कार्यक्रम मार्फत सो नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायलाई घर निर्माणको लागि मेयर आवास कार्यक्रम ल्याएको छ ।