खैरहनी

खैरहनीको बजेट ८२ करोड, पूर्वाधार विकास प्राथमिकतामा

Banner

चितवन, असार १०-

चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६\७७ का लागि करिब साँढे ८२ करोडको बजेट ल्याएको छ ।
नगरपालिकाको आज(मंगलबार) सम्पन्न पाँचौ नगरसभाले आगामी आर्थिक वर्षका लागि ८२ करोड ६० लाख ५२ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।

खैरहनी नगर प्रमुख लालमणि चौधरीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख सुनिता खरेल थपलियाले बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेट अनुसार चालु खर्च तर्फ ४३ करोड ७४ लाख १२ हजार र पुँजीगत खर्च ३८ करोड ८६ लाख ४० हजार रहेको छ ।

चालु खर्चमा सामाजिक सुरक्षा कार्यक्रमको १० करोड समेत समावेश गरिएको नगर उपप्रमुख थपलियाले बताइन् । आगामी आर्थिक वर्षको बजेट आव २०७४÷७५ भन्दा ३४ प्रतिशत तथा चालु आवको संशोधित अनुमान भन्दा १२.२५ प्रतिशतले बढी रहेको छ । कुल बजेट मध्ये आन्तरिक आम्दानी ९ करोड २५ लाख २५ हजार, वित्तिय सामानिकरण सशर्त अनुदान २० करोड ९३ लाख ९२ हजार, वित्तीय समानिकरण निशर्त अनुदान १७ लाख ७० हजार १६ हजार, राजस्व बाँडफाँड १३ करोड ३२ लाख ७८ हजार, समपुरक कोष दुई करोड, सामाजिक सुरक्षा कार्यक्रम १० करोड, सडक बोर्ड नेपालबाट ४० लाख, अन्य आम्दानी एक करोड, संरक्षित पूँजी दुई करोड, प्रधानमन्त्री रोजगार कार्यक्रम एक करोड, तराई मधेस समृद्धि कार्यक्रम एक करोड ५० लाख, संरक्षित वन रोयल्टी ४८ लाख ४१ हजार, लागत सहभागिता तीन करोड गरी कुल ८२ करोड ६० लाख ५२ हजार रुपैयाँ अनुमान गरिएको नगर उपप्रमुख थपलियाले बताइन् ।

क्षेत्रगत रुपमा शिक्षामा १९.३८ प्रतिशत, स्वास्थ्यमा ३.४१ प्रतिशत, सामाजिक सुरक्षा कार्यक्रममा १२.११ प्रतिशत, आर्थिक विकासमा ५.७२ प्रतिशत, सामाजिक विकासमा ४.६५ प्रतिशत, पूर्वाधारमा ४०.२७ प्रतिशत, वन वातावरण सरसफाइ तथा विपद व्यवस्थापनमा १.८६ प्रतिशत, विभिन्न कोष तथा म्याचिङ फण्ड ४.६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>