चितवन विशेष

चितवनमा प्रचण्डले भनेः ‘सहमति र समझादारी कार्यान्वयन नभए ठूलो दुर्घटना निम्तिन्छ’

Banner

चितवन, असार ९–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको क्रममा गरिएका सहमति र समझादारीबाट पछि हट्न थाले ठूलो दुर्घटना निम्तिने चेतावनी दिएका छन् ।

आज चितवनको भरतपुरमा आयोजित नेकपा जिल्ला कमिटि घोषणा तथा सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकता प्रक्रियालाई सबैले गहिरो रुपमा बुझ्न जरुरी रहेको भन्दै सबैले आ–आफ्नो स्वार्थ तर्फ केन्द्रीत हुन थाले दुर्घटना निम्तिने चेतावनी दिए । उनले पार्टी एकीकरणले नै समाजवादको नयाँ मोडेल, समृद्धिको मोडल दिन सम्भव रहेकोले यसतर्फ सबै सचेत बन्नुपर्ने बताए ।

उनले छिट्टै राजनीतिक प्रतिवेदन छाप्ने र बाँकी एकताको प्रक्रिया टुङग्याउने कार्य अगाडि बढाईएको जानकारी दिए । अध्यक्ष प्रचण्डले उपस्थित पार्टीको नेता तथा कार्यकर्ताहरुलाई कम्युनिष्टको मर्म बारे इतिहास पढाएका थिए । कार्यक्रममा अध्यक्ष प्रचण्डले जिल्ला कमिटिका सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>