लुम्बिनी

बस र मोटरसाइकल ठोकिँँदा रुपन्देहीमा दुईको मृत्यु

Banner

रुपन्देही, असार ८

पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६ कलौनीमा बस र मोटरसाइकल ठोक्‍किँदा दुईको मृत्यु भएको छ। शनिबार राति करिब १२ः३० बजेतिर भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा दाङ लमहीका मानबहादुर चौधरी र कासीराम चौधरी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै मोटरसाइकलमा आगलागी भएको थियो। आगलागी भएपछि बसका यात्रु र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको हो। इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविन मैनालीका अनुसार आगलागीका कारण दुवै शव नचिनिने अवस्थामा थिए।।

शनिबार राति बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको दुवै शवको आइतबार दिउँसो मात्र पहिचान भएको हो। महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको रात्रीकालिन बस र दाङ जाँदै गरेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्‍किएका थिए।

तीब्र गतिमा रहेको बस र मोटरसाइकल ठोक्‍किँदा मोटरसाइकलको ट्यांकी विष्फोट भएर आगो लागेको हुनसक्ने इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मैनालीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>