देश/प्रदेश

सैनामैनामा जिपको ठक्करबाट एकको मृत्यु

Banner

खस्यौली, असार ६–

सैनामैना नगरपालिकाको वडा नं ३ स्थित भार्सेली चोकमा जिपले ठक्कर दिँदा आज बिहान एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–५ का ५७ वर्षीय चन्द्रबहादुर थारू रहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्व जाँदै गरेको लु१च ६९३६ नंको जिपले सोही दिशातर्फ जाँदै गरेका साइकलमा सवार थारूलाई ठक्कर दिएको र ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>