चितवन विशेष

चितवनमा मनाईयो योग दिवस (फोटोफिचर)

Banner

चितवन, असार ६–

पाँचौं विश्व योग दिवस आज (शुक्रबार) चितवनका विभिन्न ठाउँहरुमा कार्यक्रम गरी मनाईएको छ । पतञ्जली योग समिति चितवनले भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा, द आर्ट अफ लिभिङले नारायणगढस्थित नारायणी नदी किनारमा योग कार्यक्रम गरी दिवस मनाएको हो ।

पतञ्जलीले आयोजना गरेको योग शिविरको उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए । उनले सो क्रममा बोल्दै योगलाई प्राथमिकदेखी विश्वविद्यालय तहसम्मको पाठ्यक्रममा योग शिक्षालाई समावेश गर्नुपर्ने बताए । योगले स्वस्थ र निरोगी बनाउने भएकाले यसको महत्व बढ्दै गइरहेको बताए । कार्यक्रममा प्रदेश सांसद रिना गुरुङ, नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, पतञ्जली योग समिति चितवनका सल्लाहकार एवंम योग शिविरका प्रचारप्रसार संयोजक टंकनाथ पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो क्रममा पतञ्जली योग समिति चितवनको आजिवन सदस्यहरुलाई उपराष्ट्रपति पुनले प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रम शिविरका संयोजक ज्ञानेन्द्र विक्रम महतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस्तै पूर्वी चितवनको रत्ननगर, पश्चिम चितवनको शुक्रनगरलगायत स्थानहरुमा योग दिवस मनाईएको छ ।

योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसंघले पाँच वर्षदेखि हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो । सन् २०१४ मा संयुक्त राष्ट्र संघको ६९ औं साधारण सभाबाट यस दिनलाई विश्व योग दिवसको रुपमा मनाउन प्रस्ताव भए अनुसार सो प्रस्तावलाई १७५ देशले अनुमोदन गरेका थिए । सोही अनुसार नेपालमा पनि यो दिवस मनाईदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>