चितवन विशेष

गोर्खा लैजाँदै गरेका ४१ चेपाङ बालबालिकाको भरतपुरबाट उद्धार

Banner

चितवन,असार ५-

पूर्वी चितवनको राप्ती नगरपालिकाबाट गोर्खातर्फ लैजाँदै गरेका ४१ चेपाङ बालबालिकालाई स्थानीय प्रशासनले आज उद्धार गरेको छ ।

नगरपालीकाको वडा नम्बर १३ का ४१ बालबालिका र १३ अभिभावकलाई गोर्खाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ छोप्राकतर्फ लैजाँदै गर्दा भरतपुरको गोन्द्राङबाट उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार सूचनाका आधारमा प्रहरी चौकी गोन्द्राङलाई परिचालन गरी ती बालबालिका, अभिभावक र छोप्राकको एक विद्यालयका प्रध्यानाध्यापकलाई आज दिउँसो नियन्त्रणमा लिइएको हो । विद्यालयमा विद्यार्थी कम भएपछि आवासीय रुपमा पढाउने भन्दै ती प्रधानाध्यापकले बालबालिका लगेको स्वीकार गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले बालकल्याण समितिको निर्णय विना बालबालिका ओसारपसार गर्न नपाइने जानकारी दिनुभयो । उद्धार गरिएका बालबालिका र अभिभावकलाई नगरपालिकालाई बुझाउने र पक्राउ परेका प्रधानाध्यापकलाई थप अनुसन्धान गरिने प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । बालबालिका ओसारपसार गर्नुको कारण बारेमा अनुसन्धान गरिने बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>