अन्तर्राष्ट्रिय
चीनमा ६ रेक्टरको भूकम्प, ११ जनाको मृत्यु
०

चीन, असार ३-
चीनमा सोमबार राति आएको भूकम्पका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
देशको सिन्चुआन प्रान्तमा भएको सो घटनामा परी अरु १२२ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सिइएनसी) का अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । स्थानीय समयानुसार १०.५५ बजे राति भूकम्प गएको थियो ।
अधिकारीहरुले खोजी तथा उद्धार कार्य चलिरहेको जनाएका छन् । आपत्कालिन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा आपत्कालिन उद्धार टोली र राहत सामग्रीहरु पठाइएको जनाएको छ । भूकम्पकै कारण सिन्चुआन प्रान्तका सडकहरु अवरुद्ध भएका छन् भने जनजीवन पनि प्रभावित भएको छ । रासस\एएनआई
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>