रोचक

अचम्मको घटना : २४ बर्षीय एक युवाको पेटबाट निकलियो ५० प्रकारका वस्तुहरु

Banner

एजेन्सी

काठमाडौँ असार २-

भारतको राजस्थानको उदयपुरका एमबी अस्पतालमा शनिवार एक सर्जरी गरियो, जुन सर्जरी पछी अचम्म लाग्दो समाचार बाहिर आएको छ ।

चिकित्सकहरुले २४ बर्षीय एक युवा गजेन्द्रको पेटको सर्जरी गरि ५० प्रकारका वस्तुहरु निकालेका छन् । जसमा साँचो, नेलकटर, सिक्का, चिलिमको, काठको माला, औंठी, पिन, क्लिप आदि वस्तु छन् । सर्जरी पछि व्यक्ति स्वस्थ छन् । सर्जरी गर्ने विभागका अध्यक्ष डा। डीके शर्माले बताए कि युवक नशा सेवन गर्थे । उनि रक्सिसँगै चिलिम सहित कयौं प्रकारका नशा पदार्थको सेवन गर्थे । नशामा उनले भेटेका सबै कुरा निलेका थिए । १५ दिन अघि रोगी अस्पतालमा भर्ना भए । उनलाई पेट दुख्ने, उल्टी हुने र खाना खान खोज्दा दुख्ने समस्या भएको थियो ।

युवकको एक्स९रे गर्ने क्रममा पेटमा केहि चीज देखियो । फेरी दुखाई कमि गर्न सिटि स्क्यान पनि गराइयो । आमाशयमा धेरै कुरा देखियो । एन्डोस्कोपी पछि युवकको पेटको सर्जरी गरियो । गजेन्द्रको अपरेशन ९० मिनेटसम्म चल्यो । डा। शर्माको अनुसार धेरै जस्तो सामग्री उनको आमाशय र केहि चिज अन्य ठाउँमा भेटिएको थियो । यो कारणले एक स्थानमा गजेन्द्रको अल्सर भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>