चितवन विशेष
युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा घिमिरे
०

चितवन, जेठ ३२–
नेपाल युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा युवा उद्यमी दाताराम घिमिरे निर्विरोध निर्वाचित भएका छन् । जगतपुरमामा शुक्रबार सम्पन्न अधिवेशनले घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिती चयन गरेको हो ।
निर्वतमान अध्यक्ष निरञ्जन न्यौपानेले घिमिरेलाई अध्यक्षको पदभार हस्तान्तरण गरेका थिए । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, द्धितीय उपाध्यक्षमा राजेश गौतम चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा अञ्जन शाक्य,, सूर्यभक्त अधिकारी, विश्वास अधिकारी ,बिकास दाहाल, नबिन सगर कर्मचार्य रहेका छन् । अधिवेशनको नेपाली काँग्रेसका नेता एवंम पूर्व अर्थमन्त्री डा.रामशरण महतले उद्घाटन गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>