चितवन विशेष

रत्ननगरमा रोजगार मेलाः एक हजार ३० कामदार माग,जम्मा १९६ जनाले दिए आवेदन

Banner

चितवन,जेठ ३२-

रत्ननगर नगरपालिकाले आयोजना गरेको बृत्ती परामर्श तथा रोजगार मेलामा १९६ जनाले मात्र रोजगारीको लागि आबेदन दिएका छन । चितवनका उद्योग तथा निर्माणको क्षेत्रमा एक हजार ३० जना कामदारको माग भएकोमा रोजगार मेलामा जम्मा जागिरका लागि १९६ जनाको आवेदन दिएको मेयर नारायण वनले बताए ।

मेलामा रत्ननगर उद्योग बाणिज्य संघको स्टलमा ५० जना,उद्योग संघको स्टलमा ९७ जना,क्षेत्रीय होटल संघ र रेवानको स्टलमा २० जना,निर्माण व्यवसायी संघको स्टलमा २९ जना गरी १९६ जनाले जागिरको लागि आवेदन दिएको मेयर वनले जानकारी दिए । आवेदन दिएकाहरुलाईसीप र दक्षताको आधारमा जागिरको व्यवस्था गरिने मेयर वनले बताए ।

रोजगार मेलामा ९५५ जना युवायुवतीले सीप मुलक तालिमका लागि आवेदन दिएको मेयर वनले बताए । उनीहरुलाई तालिम प्रदायक संस्थाको सहयोगमा तालिमको व्यवस्था गरिने छ । मेलामा ७०० युवा युवतीहरुले बृत्ती परामर्श लिएका छन ।

उपमेयर विमला दुवाडीले समाजमा काम खोज्नेको संख्या अत्याधिक रहेको भएपनि सीप नभएका कारण श्रम बजारमा कामदारको अभाव देखिएको बताइन । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, क्षेत्रीय होटल संघ चितवनका अध्यक्षे सुमन घिमिरे श्रमबजारका कामदारको अभाव रहेको बताए ।

रत्ननगर उद्योग बाणिज्य सघं, चितवन उद्योग संघ, क्षेत्रीय होटल संघ, रेष्टुरेन्ट एण्ड बार एसोसियशन सौराहा,निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवन,भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन, पूर्वी चितवन कुखुरा व्यवसायी संघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महा संघसंघ, नेपाल सरकार तथा स्वीस सरकार विकास सहयोग एसडिसी र सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहकार्यमा रत्ननगर नगरपालिकाले मेलाको आयोजना गरेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले कार्यान्वयन गरेको यस परियोजनामा स्वीस सरकारको प्राविधिक सहयोग रहेको छ ।

कार्यक्रममा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका महासचिव अच्युत नेपाल,इन्स्योर परियोजनाका टिम लिडर सुवास सुवेदी,नेपाली काँग्रेसका जिल्ला सहसचिव सुर्य अर्याल,राष्ट्रिय जनमोर्चाका मेघराज ढकाल,सीटीइभीटीका परियोजना निर्देशक टेक बहादुर मल्ल, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा लगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>