चितवन विशेष

भरतपुरको क्यान्सर अस्पतालको आफ्नै फार्मेसी सुरु

Banner

चितवन, जेठ ३१–

भरतपुर ७ कृष्णपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नै फार्मेसी सेवा सुरु गरेको छ । अस्पतालले पहिलो पटक आफ्नै फार्मेसी सेवा सुरु गरेको हो ।

जेठ २९ गते (बुधबार)देखि अस्पतालले बिरामीलाई सहज बनाउन फार्मेसी सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले जानकारी दिए । उनले भने, –‘अस्पताल हाताभित्र साझाको मात्रै फार्मेसी थियो, हाम्रो फार्मेसीले बिरामीलाई थप सहयोग मिल्नेछ ।’ यसअघि अस्पताल भित्र साझा संस्थाको फार्मेसीले पूर्ण रुपमा सेवा दिँदै आइरहेको छ ।

अहिले साझाको बाहिर भागमा मात्रै फार्मेसी रहेको छ । अस्पतालका कार्यकारी निर्देशक आचार्यका अनुसार अन्य फार्मेसीमा भन्दा अस्पतालको फार्मेसीबाट बिरामीले सस्तो मूल्यमा औषधि किन्न पाउने छन् । उनले खरिद मूल्यमा २० प्रतिशत थपेर मात्रै औषधि बिक्री गरिने जानकारी दिए ।

अस्पतालले टेण्डर मार्फत औषधि कम मूल्यमा खरिद गर्ने भएकाले बिरामीलाई धेरै सहज हुनेछ । फार्मेसीमा अहिले १० जना कर्मचारी खटिएका छन् । यस क्यान्सर अस्पताल दक्षिण एशियाकै नमुना अस्पतालको रुपमा पर्दछ । यहाँ नेपालबाट मात्र नभई छिमेकी मुलुक भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् ।

हाल दैनिक ओपीडीमा ६५० देखि ८०० सय जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>