चितवन विशेष
मिश्रलाई अध्यक्षको जिम्मेवारी
०

चितवन, जेठ ३०–
सुशिल कोइराला सोसलिष्ट युथ सर्कल चितवनको अध्यक्षमा अमृत मिश्र चयन भएका छन् ।
सर्कल केन्द्रीय कार्यालयले मिश्रलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पत्र पठाएको हो । सर्कलले संस्थाको विधि र विधान अनुरुप संस्थाको उद्देश्य निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा अपेक्षा गरेको छ ।
केन्द्रीय अध्यक्ष ताराबहादर थापाले हस्ताक्षर गरेको पत्रमा नेपाली काँग्रेस चितवनलाई बोधार्थ गराईको छ । नवनियुक्त जिल्ला अध्यक्ष मिश्र युवा विद्यार्थी नेता समेत हुन् । उनी विभिन्न आन्दोलनहरुमा सरिक हुँदै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेका छन् ।