चितवन विशेष
भरतपुरको एक होटलमा सटर फोडेर मध्यरातमा चोरी
०

चितवन जेठ २८ –
भरतपुरको एक होटलमा गएराती चोरी भएको छ । भरतपुर महानगरपालिका १० विरेन्द्र क्याम्पस रोडमा रहेको फूड वेज होटलमा सटर फोडेर नगद चोरी भएको होटल सञ्चालक हरिचन्द्र अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । होटलबाट १२ हजार नगद चोरी भएको र सिसाहरु फूटाइएको उनले बताए ।
बिहान मात्र आफूले थाहा पाएको र प्रहरीले पनि घटनाको विवरण संकलन गरिसकेको उनले बताए । चोरीमा संलग्नको पहिचान भइसकेको तर प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन नसकेको उनको भनाई छ । पछिल्लो समय चितवनमा चोरिका घटना बढेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>