विचार/ब्लग

अवकाशपछिको जीवन कसरी खुशीयाली बनाउने ?

Banner

परिचयः

अवकास भन्नाले सामान्य भाषामा सरकारी संघसंस्था वा कुनै पनि सेवामा शर्त अनुरुप प्रवेश गरि निश्चित अवधी काम गरेर सेवाबाट अलग भइ नागरिक सर्वसाधारणको हैसियतलमा प्रवेश गरिने अवस्थालाई जनाउँछ । सरकारी वा कुनै पनि सार्वजनिक पद धारण गर्दा उक्त कामको प्रकृति अनुरुप समयसीमा, उमेरको हद आदिको आधारमा अवकाशको व्यवस्था गरिएको हुन्छ । कुनै पनि देशको आफ्नो भिन्दाभिन्दै परिस्थितिको आधारमा सेवाको शर्त र अवधी कायम गरिएको पाईन्छ । खासगरी रोजगारीसम्बन्धी नीति आर्थिक सम्पन्नता, दक्ष जनशक्तिको उपलब्धताको आधारमा नियमावलीमा तोकिएको पाईन्छ र सोही अनुरप हेरफेरसमेत हुने गरेको दृष्टान्त नेपालमै देख्न सकिन्छ । स्वेच्छिक र अनिवार्य अवकाशको आधारमा कर्मचारीहरुको अवकाश हुन्छ ।

यहाँनिर कल्पना गरिएको अवकाश जीवनपछिको खुशीयाली कसरी कायम राख्ने भन्नेसँग सरोकार राख्दछ । जुनसुकै पेशा, व्यवसाय वा निजी घरको जिम्मेवारी सम्हालेको अवस्थामा पक्कै पनि निश्चित उमेर परिस्थितिलाई ख्याल गरी एउटै प्रकृतिको जिम्मेवारीबाट अवकाश हुने अर्थात विश्राम लिने योजना तय गर्नु बुद्धिमानी निर्णय भित्र पर्छ । परिवारमा आफ्नो उत्तराधिकारीको रपमा रहेका अन्य सदस्यहरुलाई आफ्नो कामको जिम्मेवारी समयमै सुम्पनु र आफ्नो उमेर छदै बाहिर बसेर सहयोग, सुझाव दिनु आफैमा उत्तम विकल्प हुन सक्छ ।

शम्भु उप्रेती, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक

 

जसबाट आउने युवा पुस्ताप्रतिको न्याय र उनीहरुमा रहेको विशेष खुबी समयअनुकुल उपयोग गर्नु ताकि उनीहरु विचलित नभई नयाँ सोँच र विचार अनुरप फरक तरिकाले सोही काम गर्ने अवसर प्राप्त गर्छन् । जसबाट आफु जिम्मेवारीबाट केही नरम, सजिलोतर्फ मोडिन मिल्छ । जसबाट मस्त, व्यस्त र खुशीमा कमी आउदैन भने जिम्मेवारी प्राप्त गर्ने वर्गको युवा जोस, उमङ्ग तथा अनुगमन र दक्षताको समय नै प्रयोग गरी अघि बढ्ने अवसरको सिर्जना हुन्छ । आफूलाई अवकाश प्राप्त गर्न मानसिकताले बोझिलो कामको भार कम भइ शारीरिक अवस्थाको ख्याल गरी कसरी बुढ्यौलीमा खुसी कायम राख्ने भन्नेतर्फ सोच्ने अवसर मिल्छ ।

पृष्ठभूमिः

अवकाश आफैमा पीडादायी र जटिल परिस्थितिको सामना गर्न आईपर्ने चुनौती हो । जिन्दगीको उर्जावान समय जुन संर्घष, प्रतिस्पर्धा अध्ययन आफूलाई स्थापित गराउनु कैयौ नियम परिस्थितिबाट गुज्रदै निश्चित तह र स्थानमा पुग्नु आफैमा जटिल यात्रा तय गर्न जस्तै हो । पारिवारिक अवस्थालाई अस्तव्यस्त हुँदा समेत सेवालाई नै प्रथामिकता दिई बिताइरहेका ती पलहरु अनायसै छाड्न पर्छ भन्ने हेक्कासम्म राख्ने समय मिल्दो रहेनछ ।

आफूलाई सुम्पीएको जिम्मेवारी पुरा गर्ने क्रममा हरेक प्रकारका चुनौती र अवसर कै भूमरीमा फसेको परिस्थितिले भोली आफु अवकाश भईन्छ र ? सोच्ने फुर्सद समेत नभएको अनुभूति हुने बताइन्छ । हाम्रो जस्तो अविकसित मुलुकमा सरकारी जागिर पाउनु आफैमा ठूलो अवसर मानिन्छ भने जागिर पछिको क्यारियर योजनातर्फ न त सरकारको न त सम्बन्धित संघसंस्था र रोजगार प्रदान संस्थाको नै अवकासपछि उक्त कर्मचारीको दिचर्या कस्तो हुनुपर्छ ? के कस्ता परिस्थितिहरुको सिर्जना गर्न जरुरी छ । कुनै अमूक जिम्मेवारीमा रहँदा उसको हैसियत र अधिकारको स्तरअनुसार बढाई चढाइ स्तुति गर्ने अवसरवादीहरुको झुण्डबाट घेरिएको परिस्थितिले गर्दा भोलिको अवकाश जीवनमा आईपर्ने परिस्थितिको वास्तविकता ओझेलमा परेको भेउ नपाउनेहरुलाई ती दिनहरु साच्चै नै कठिन एक्लो, कर्तव्यमुढम बन्ने निश्चित छ ।

अर्कोतर्फ जिम्मेवारी बहन पद र प्रतिष्ठालाई राज्यले सुम्पिएको यो चुनौती हो । यसलाई कसैको लोभ लालचा करकापमा नपरि सोझासाझा जनाताको हितमा प्रयोग गर्ने प्रचलिंत नियम कानुनको असहज र छिद्रताको फाइदा नउठाई असल मनशायबाट प्रेरित भई कार्य सम्पादन गर्न आफू सेवकको रुपमा रहने जुन अवसरको लागि घमण्ड होइन गर्व गर्नेहरुको हकमा अवकाश पछिका दिनहरु मर्यादित सम्मानित बनेका उदारण देख्न सकिन्छ । आफ्नो पद र प्रतिष्ठाको प्रयोग गरी शक्ति अनि आर्थिक हैसियत आर्जन गर्नेहरुको समाजमा मूल्य र मान्यता रहुन्जेल यस्तो परिस्थिति देखापर्छ तर समयले कोल्टो फेरिरहेको आभास हुँदैन । राज्यको निर्णयक तहमा रहेर शक्तिको दुरुपयोग गर्नेहरु पनि राज्यको संयता मात्र नभई नागरिक समाज खबरदारी गर्ने र समाजमा कस्को छवि उदाङ्ग पारी अवकाशजीवन समेत निरश र पीडादायी बनेको कैयो उदाहरण देख्न सकिन्छ ।

आफु जिम्मेवाीमार रहँदा साधारण पीडादायी, सरल सहज रुपमा प्रस्तुत हुने नियमकानुनको छिद्रताको आफू अनुकुल व्याख्या राष्ट्रको सेवाको अवसर पाएकोमा गर्व गर्न, घमण्ड गर्न भड्किलो जीवनशैलीबाट टाढा रहने अनैतिक र कानुन विपरीत काम कारवाहीप्रति सचेत रहने समाज उपयोगी आर्दश मूल्यमान्यताको पक्षमा आफूलाई उभ्याउने गर्नाले अवकाश पछिका जीन्दगीलाई थप उर्जावान प्रेरणा र सदमार्गमा हिड्ने साहस मिल्दछ ।

आर्दश जीवनशैली सदविचार मानवताको मूल्यमान्यताप्रति उच्च सम्मान समाजका आर्दश व्यक्तिहरुसंगको समारोहमा राष्ट्रप्रतिको सद्भाव कायम राख्नाले अवकाश पछिका एक्लो र पट्यार लाग्दा पलहरु समेत उत्साहपूर्वक सम्मान र पे्ररणा मिलिरहने निश्चित छ । तसर्थ आजको काम अनुरुप भोलिका दिनहरु सहज हुने हुन् । व्यवहार अनैतिक गरी पाइने धन र प्रतिष्ठाको जगमा निर्माण हुने व्यक्तिको श्रापले कदापि समाजसेवी विचारधारा बोकेको आर्दशवादी राष्ट्रप्रेमी सादा जीवन, सरल विचार बोकेका व्यक्तिहरुलाई प्रतिस्थापन गर्न संभव छैन भनी समयमै बुझ्न जरुरी छ । अवकाशसँग वर्षौदेखि अवलम्वन गरेको जिम्मेवारीले साथीभाई, अधिकार पदको हैसियत र सुरक्षासमेत जाने छ । आफू केवल अनुभव, क्षमता सत्कर्मको तरिकाको भरमा नयाँ गोरेटो बनाउनु छ, यति बेला केवल वृद्ध शरीर र नैतिकताको बलले काम गर्ने छ भनी बुझ्न जरुरी हुन्छ ।

कस्तो हुनुपर्छ अवकाशपछिको जीवन शैली र सोँच ?

–राष्ट्रको सेवा गर्ने अवसर र प्राप्त उपलब्धी प्रति गर्व गरौं आफुबाट सम्पादित राम्रा समाज उपयोगी कार्यहरु निर्णयहरुको समिक्षा गरि खुशी उत्साह बढाऔं ।
–आफ्नो कार्यरत संस्था, जिम्मेवार व्यक्तिहरुप्रति हचुवाको भरमा टिप्पणी, आलोचना नगरौं, सकिन्छ भने सुझाव र योगदान पु¥याउने अवसरको पर्खाइमा बसौं ।
–आफू जस्तै अवकाश प्राप्त व्यक्तिहरुसँगको सम्बन्धमा सुधार गर्ने र जीवनशैली उत्तम लागेमा अनुकरण गर्ने गरौं । कार्यरत मित्रहरुप्रति सद्भाव राखौं ।
–आफूलाई निस्कृय नबनाऔं । सक्रिय जीवनशैली अपनाऔं । हिनताबोध, एकाङ्कीपन र निराशालाई स्थान नदिऔं । अधुरा कार्यहरु गर्ने समय मिलेको अनुभूति गरी कार्य आरम्भ गरौं ।
–पारिवारिक सदस्यहरुलाई समेत आफ्नो योगदानको खाँचो महशुस गराऔं । ताकि बोझ बन्नु नपरोस् ।
–छरछिमेक र समुदायप्रतिको आफ्नो दायित्व बोध गरौं । समुदायले आफ्नो खाँचोको महसुस गरुन् ।
–समाजले अवलम्वन गरेको सामाजिक मूल्य मान्यता, ज्येष्ठ सदस्य महिला बालबालिकाप्रतिको सद्भाव सम्मान गरौं । तसर्थ भेला प्रतियोगिताहरुमा सहभागी जनाऔं ।
–आफ्नो क्षमता, हैसियत योग्यताले भ्याएको सानातिना कामको सम्मान गर्दे सहभागी बन्न सकिन्छ । आर्थिक पक्षको सवलता जीवनको महत्वपूर्ण आधार हो ।
– गलत सोँच विचार भएका व्यक्तिहरुको प्रस्तावमा आर्थीक, क्रियाकलापको परिणाम अपूर्ण हुनसक्छ । सचेत रहौं ।
–आफ्नो क्षेत्रमा रहेका शान्ति सुरक्षा कायम गर्न प्रहरी, विद्यालय, स्वाथ्यचौकी, आमा समूहलगायत संस्थामा आवद्धता जनाई योगदान पु¥याउने काममा रुची देखाऔं ।
–समय व्यवस्थापनमा चनाखो रहौं । खेलकुद, योगालगायतमा आवद्धता कायम राखौं ।
–आफ्नो पायक पर्ने ठाउँमा संचालित वृद्धाश्रम, अपाङ्ग केन्द्र, असाहाय केन्द्र, टुहुरा बालबालिकाको केन्द्रमा भेटघाट गर्ने, आफ्नो तर्फबाट योगदान गर्ने क्रममा पछि नहटौं । मानव सेवामा लाग्ने महानुभवहरुको हौसला बढाउने काममा मेरो भूमिका के हुन सक्छ सोँचांै ।
–सफल व्यक्तित्वहरुको कृति, जीवन गाथा समेटिएको जीवन पुस्तकहरु हेर्ने वातावरण बनाऔं, जुन आफुलाई केहीगर्ने हौसला र उत्साह मिल्छ । साहित्यिक लेख, रचनाका कोर्ने, गुनगुनाउने गर्दा आत्मीय खुशी बढ्छ ।
–आफ्नो जन्मस्थानमा केही नयाँ रचनात्मक सहयोगको अवसर खोजौं । गाउँ, घर समाजप्रतिको दायित्ववोध गरौं ।
–जीवन जिउने कलामा भरपर्छ यो आफ्नो विचार, क्षमता र समाजप्रतिको दायित्वबोधले आफै खुशीयाली ल्याउँछ ।
–सादा जीवन, उच्च विचार परोपकारी भावनाको प्रवद्र्धन गर्दै समाजको हितमा अहोरात्र खटिएका व्यक्तिहरुको हौसला र सहयोगमा लागि परौं ।
–अवकाशको जीवनको महत्व बुझौं, यो परिपक्क क्षमतावान, सक्षम जीवनको बाँकी अंश हो । जहाँबाट सुन्दर फूलबारी सरह परिवारको खुशी नियाल्दै आत्मा सन्तुष्टि, जे जति आफुसँग छ त्यसको अधिकतम उपयोग गर्दै संसारको उत्तम खुशी भएको अनुभव गरौं, आखिर मृत्यु साश्वत सत्य हो, सम्पतिसंगै लैजाने होइन, केवल सत्कर्म, सदविचार र राष्ट्रप्रति गरेको योगदानको चर्चा आउँदो पुस्ताले गर्नेछन् । मानवताको उत्कृष्ट, विशिष्ट प्रतीक बनी…..जय नेपाल ।

(लेखकः सशस्त्र प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक हुन्)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>