मौसम

चितवनमा मेघगर्जन सुरू ,हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

Banner

काठमाण्डौ जेठ २७–

देशका मध्य तथा तराई क्षेत्रका अधिकांश भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आइतबार दिउँसो देशका मध्य तथा तराईका केही भू–भागमा मेघगर्जन गराउने बादलको प्रणालीको विकास भैरहेको छ ।

यो विस्तारै उत्तर–पूर्वतर्फ सर्दैछ । यसकै कारण हावाहुरी र चट्टयाङ्गको खतरा छ । चितवनको दक्षिणी भेगमा मेघगर्जन सुरू भइसकेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>