चितवन विशेष

चितवन माविद्धारा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

Banner

चितवन, जेठ २४–

चितवनको सबैभन्दा पुरानो विद्यालय चितवन माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालयले कक्षा १ देखि ८ सम्म अध्ययनरत सबै छात्रााहरुलाई जनही रुपैयाँ चार सयका दरले छात्रवृत्ति वितरण गरेको हो । यसरी छात्रवृत्ति पाउने छात्रा २ सय ७३ जना थिए । यसैगरी कक्षा ९ र १० मा अध्ययनरत दलित छात्राहरुलाई पनि जनही रुपैयाँ पाँच सयका दरले छात्रवृत्ति वितरण गरिएको शिक्षक अच्युत पौडेलले जानकारी दिए । यसरी छात्रवृत्ति पाउने कक्षा ९ र १० मा अध्ययनरत दलित छात्राहरु २३ जना थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछाने मिलनको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा बोल्दै लामिछानेले विद्यालयले उपलब्ध गराएको छात्रवृत्ति रकम सहि स्थानमा सदुपयोग गर्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले विद्यार्थीलाई पढ्नमा ध्यान दिन भन्दै यस्ता प्रोत्साहन गर्ने किसिमका अन्य कार्यक्रमहरु पनि विद्यालयले सञ्चालन गर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक मुक्तीनाथ लामिछानेले छात्रवृत्ति रकम र यस कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>