चितवन विशेष

भरतपुर आँखा अस्पताललाई लायन्सले दियो करोडौंको उपकरण

Banner

चितवन, जेठ २४–

लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले भरतपुर आँखा अस्पताललाई डेढ करोडको उपकरण हस्तान्तरण गरेको छ ।

आज (शुक्रबार) एक कार्यक्रमकाबीच फाउण्डेशनका तर्फबाट यस परियोजनाका प्राविधिक सल्लाहकार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)का उपकुलपति प्राडा देवनारायण शाह र परियोजनाका अध्यक्ष प्रा जयहरिराज पाण्डेले संघका सभापति एवं अस्पतालका अध्यक्ष कृष्णराज धरेललाई ती उपकरण हस्तान्तरण गरेका हुन् ।

सो क्रममा बोल्दै डा.शाहले धेरै मेहनतका साथ लायन्सको प्रोजेक्ट उपकरण चितवनमा भित्र्याउन सफल भएको बताए । उनले यसको श्रेय अस्पतालका सबै सदस्यहरुमा जाने बताए । उनले भने–“यहाँहरुको मेहनतले नै लायन्सले प्रस्ताव स्वीकार गरेको हो, आगामि दिनमा अझै अस्पतालले धेरै राम्रो काम गर्नेमा विश्वस्त छु ।”

यस्तै पूर्व गर्भनर पाण्डेले नयाँ उपकरणले अस्पतालको उपचारमा थप टेवा पुग्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै पूर्व गर्भनर प्रभातकुमार जोशीले विगतमा अस्पतालको सुरुवाती चरणको अवस्था सम्झदै आफूले देखेको सपना पुरा भएको बताए । उनले सपना देख्नुपर्ने भन्दै त्यसलाई पुरा गर्न काम गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष कृष्णराज धरेलले करोडौं मूल्यको उपकरण अस्पताललाई उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे । उनले अस्पतालले अझै उपचारको दायरा फराकिलो बनाईने बताए ।

कार्यक्रममा सल्लाहकार चिजकुमार मास्केलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले शल्यक्रियाका लागि प्रयोग गरिने अप्रेटिङ माइक्रोस्कोप उपलब्ध गराएको हो । सो उपकरणको नेपाली ८२ लाख रुपैयाँ पर्न आउँछ । सो उपकरण जापान निर्मित हो ।

यस्तै फाउण्डेशनले रेटिनाको शल्यक्रियाका लागि चाहिने भिट्रेक्टोमी मेसिन पनि उपलब्ध गराएको छ । ७५ लाख रुपैयाँ पर्ने सो मेसिन स्वीजरल्याण्डमा निर्मित हो ।

फाउण्डेशनले तीन वर्षे प्रोजेक्ट अन्तरगत सो उपकरण उपलब्ध गराएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>