चितवन विशेष

अण्डा उत्पादक संघमा भाडभैलो, केन्द्रीय अध्यक्ष कँडेलले दिए राजीनामा

Banner

चितवन, जेठ २४–

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले राजीनामा दिएका छन् ।

आज (शुक्रबार) सौराहामा भएको १५ औं वार्षिक साधारणसभामा बहुमत सदस्य अविश्वासको प्रस्ताव पेश गरेपछि अध्यक्ष कँडेलले डेढ वर्ष कार्यकाल बाँकी छदै राजीनामा दिएका हुन् । उनले आफूलाई सबै क्षेत्रबाट असहयोग भएको भन्दै कार्यसमिति भंग भएको घोषणा गरेका हुन् ।

पछिल्लो समय अण्डामा व्यापक गिरावट आएपछि अध्यक्षको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै ९५ प्रतिशत सदस्यहरुले हस्ताक्षर संकलन गरेका थिए । साधारण सभा सुरु भए लगत्तै अण्डा उत्पादक किसान गोविन्द शर्माले अध्यक्ष विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । लगत्तै अध्यक्ष कँडेलले वर्तमान कार्यसमिति र निवर्तमान अध्यक्षबाट सहयोग नपाएको गुनासो गर्दै सदस्यहरुको प्रस्तावलाई समर्थन जनाउँदै आफु अध्यक्ष नरहेको घोषणा गरेका थिए ।

किसानहरुले अध्यक्ष विरुद्ध अण्डाको मुल्य गिरावट आउँदा समायोजनका लागि पहल नगरेको, संगठन विस्तारमा सक्रिय भुमिका निर्वाह गर्न नसकेको, राज्यसंग लविङ गर्न नसकेको आरोप लगाएका छन् । वर्तमान अध्यक्ष कँडेल हाउस समक्ष आफु अध्यक्ष नरहेको घोषणा गरेपछि उनी साधारण सभाबाट बाहिरिएका छन् । किसानहरुले निवर्तमान अध्यक्ष शिवराम केसीलाई अध्यक्ष बनाउने तयारी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>