देश/प्रदेश

बाजुरामा भरुवा बन्दुकसहित दुई पक्राउ

Banner

बाजुरा जेठ २४

हिमाली गाउँपालिका( १ देबीडाँडामा दुई थान भरुवा बन्दुक एक झोला,बन्दुकमा प्रयोग हुने बारुद, गोली,कटुकी नामक जडीबुटी १५ किलोसहित दुईजनालाई प्रकाउ परेका छन्। उनीहरुको साथबाट घोरलको काँचो मासु १ किलो ५ सय ग्राम पनि बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा हिमाली गाउँपालिका १ का २४ वर्षीय रबीलाल बोहोरा र २१ वर्षीय राजेश बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटले जानकार दिए।

गोप्पे सूचनाका आधारमा प्रहरी चौकी बिच्छियाबाट जेठ १९ गते गएको गस्ती टोलीले करिब १३ घण्टा लगाएर उक्त जंगलको बाटो भएर अबैध सिकार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

बरामद गरेको सामान र उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।बरामत गरेको मासु र जडीबुटी डिभिजन वन कार्यालय कर्माडी बाजुरामा बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>