खेलकुद

नेसन्स लिगः इंग्ल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स फाईनलमा

Banner

काठमाडौं, जेठ २४–

इंग्ल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड्स नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । नेदरल्यान्ड्सले अब उपाधिका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित समयसम्म दुवैै टिमले १–१ गोलको बराबरी खेलेपछि अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा नेदरल्यान्ड्सले थप दुई गोल गर्न सफल भयो । ३२ औ मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्ममा १–० गोलको अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा भने गोल खान पुग्यो । म्याथिज डि लिटले ७३ औ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

निर्धारित समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । खेलको ९७ औ मिनेटमा वाल्करले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड्सले २–१ गोलको अग्रता बनाएको थियो । एक सय १४ औं मिनेटमा नेदरल्यान्ड्सका लागि प्रोमिसले गोल गर्दै ३–१ गोलको जित दिलाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>