क्रिकेट

विश्वकप क्रिकेटः अष्ट्रेलियाको दोस्रो जित, वेष्ट इन्डिज १५ रनले पराजित

Banner

काठमाडौं, जेठ २४–

जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत साविक विजेता अष्ट्रेलियाले दोस्रो जित दर्ता गरेको छ । गयराती सम्पन्न खेलमा अष्ट्रेलियाले वेष्टइ ण्डिजलाई १५ रनले पराजित गरेको हो ।

मिचेल स्टार्कले विश्वकप करिअरमा तेस्रो ५ विकेट लिएपछि २ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ९ विकेटको क्षतिमा २७३ रन मात्र जोड्न सक्यो । वेष्ट इण्डिजले सुरुआत कमजोर गरेको थियो । ओपनर इभिन लेविशले १ रनमात्र बनाउँदा क्रिश गेलले २१ रन प्रहार गरी मिचेल स्टार्कको बलमा एलबीडब्यू धरापमा परे । निकोलास पूरन र साही होपले तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरी पारी उकासेका थिए । पुरन ४० रनको स्कोरमा आउट भएपछि आएका सिमरन हेटमेयरसँग मिलेर होपले अर्को ५० रनको साझेदारी गरे । हेटमेयरले २१ रन बनाए । कप्तान जेसन होल्डरसँग होपले पाँचौं विकेटका लागि ४० रनको साझेदारी गरे । होपले १०५ बलमा चौकाको सहयोगमा ६८ रनको उत्कृष्ट पारी खेले पनि पर्याप्त भएन ।

कप्तान होल्डरले ५ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५१ रन जोडे । आन्द्रे रसेल १५ र कार्लोस ब्रेथवेइट १६ रनमा आउट भए । बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । प्याट कुमिन्सले २ र एडम जाम्पाले १ विकेट झारे ।

यसअघि व्याटिङ गरेको अष्ट्रेलियाले अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २८८ रनको योगफल खडा गरेको थियो । उसका लागि स्टिभ स्मिथ र नेथन कल्टर नाइलले उत्कृष्ट प्रदर्शन गरे । सुरुमा धर्मराएको अष्ट्रेलिया सातौं विकेटका लागि स्टिभ स्मिथ र कल्टर नाइलले ९९ रनको साझेदारी गरेपछि अष्ट्रेलियाले ठोस योगफल बनाएको हो । स्मिथले १०३ बलमा ७५ रन बनाउँदा नाइलले ६० बलमा ८ चौका र ४ छक्कासहित ९२ रनको सानदार पारी खेले ।

वेष्ट इण्डिजका कार्लोस ब्रेथवेइटले ३ विकेट लिए । सेल्डन कोट्रेल, ओसाने थोमस र आन्द्रे रसेलले २–२ विकेट लिए ।

पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो वेष्ट इन्डिजको भने यो पहिलो हार हो । पहिलो खेलमा उसले पाकिस्तानलाई हराएकोे थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>