चितवन विशेष

निकुञ्जका पूर्वकर्मचारीहरुले भनेः संरक्षणमा सबै जुटौं

Banner

चितवन, जेठ २३–

चितवन राष्ट्रिय निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको सेनामा रहेर कामको अनुभव वटुलेका पूर्वकर्मचारी र सुरक्षाकर्मीले वन तथा वन्यजन्तु संरक्षणको दायित्व आफूहरुमा पनि रहेको बताएका छन् ।

निकुञ्जले मुख्य कार्यालय कसरामा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले अवकाश प्राप्त जीवनमा आफूहरुको ज्ञान, सीप र अनुभवको उपयोग गरी संरक्षणमा जुट्न बहालवाला कर्मचारी र सुरक्षा निकायलाई आग्रह गरेका थिए ।

वर्षातको समयमा चोरी शिकारी हुन सक्ने भन्दै पूर्वकर्मचारीसँग निकुञ्जले अन्तरक्रिया गरेको हो । सो अवसरमा निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवले संरक्षण जीवनसँग सम्बन्धित रहेको भन्दै संरक्षण बिना अस्तित्व सम्भव नरहेको बताए । उनले पूर्वकर्मचारी र सुरक्षाकर्मीको भूमिका संरक्षणमा महत्वपूर्ण हुने बताए ।

भूपु सैनिक संरक्षण सञ्जालका संयोजक पूर्वसेनानी शेरबहादुर घर्ती मगरले निकुञ्जले भन्दा पनि आफूहरुलाई संरक्षण प्रति चिन्ता र दायित्वबोध हुने गरेको भन्दै सबैलाई संरक्षणमा जुट्न आग्रह गरे । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले समय परिस्थिति बदलिएको भन्दै जिम्मेवार रुपमा सबै एक भएर संरक्षणमा लाग्नुपर्ने बताए ।

उनले पूर्वकर्मचारी र सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै अनुभव आदान प्रदानका लागि आग्रह गरे । निकुञ्ज सुरक्षार्थ खटिएको वटुकदल गणका गणपति समुन्द्र थापाले भूपुहरु संरक्षणको आँखा र कान भएको भन्दै संरक्षणमा सहयोगको आह्वान गरे । निकुञ्ज प्रशासन र सेनाको विभिन्न पद र गणमा रहेर काम गरेका १५० जना पूर्वकर्मचारी र सुरक्षाकर्मी कार्यक्रममा सहभागी थिए । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>