मध्य नेपाल
बारामा बाघको छालासहित एकजना पक्राउ
०

बारा, जेठ २३-
बारामा बाघको छालासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर बैकैया गाउँपालिका–२ का ३२ वर्षीय सोमबहादुर गोले रहेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर बजार एक थान बाघको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिमरा र इलाका प्रहरी कार्यालय जितपुरबाट संयुक्तरुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा गोलेलाई पक्राउ गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>