चितवन विशेष

पर्यटन प्रहरीको महत्वबारे पटिहानीबासीलाई जानकारी

Banner

चितवन, जेठ २२–

चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गईरहेको पटिहानीबासीलाई पर्यटन प्रहरीको महत्व बारे जानकारी गराईएको छ ।

पर्यटन विभागको सहयोगमा पर्यटक प्रहरी इकाई भृकुटीमण्ड काठमाडौंको आयोजनामा आज (बुधबार) पटिहानीमा आयोजित पर्यटक प्रहरी, स्थानीय प्रहरी एजंम पर्यटन सम्बद्ध निकायसंग एक दिने अनुशिक्षण कार्यक्रममा पर्यटन प्रहरीको बारेमा जानकारी गराइएको हो ।

कार्यक्रममा पर्यटन प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले पर्यटन प्रहरीले गर्ने काम कारवाही र यसको महत्वको बारेमा जानकारी गराएका थिए । उनले पर्यटन प्रहरीलाई प्रविधिमैत्री बनाउन स्थानीय निकायलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पटिहानीमा सबै किसिमका पर्यटक भित्रिने वातावरण तयार गर्नुपर्ने बताए । उनले पटिहानीमा पर्यटन प्रहरीको आगमनले सुरक्षाको वातावरण बलियो बन्ने बताए । सो क्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले पर्यटक प्रहरीले सबैलाई सुरक्षा दिने भएपनि पर्यटकलाई विशेष ध्यान दिने बताए ।

कार्यक्रमका सभापति भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतोले पर्यटक प्रहरीको आगमनले समाजमा सकरात्मक प्रभाव परेको बताए । उनले पर्यटन प्रहरीले गर्दा पटिहानीको पर्यटन फस्टाउनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै होटेल संघ पटिहानीका अध्यक्ष साजन कुमार महतो, बटुक दल गण कसराका सेनानी बलबहादुर गाहामगर, वडा नं.२१ अध्यक्ष चित्रसेन अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विनय न्यौपाने, बलराम पौडेल, इन्दिरा बोटे, सबिता बराल, चेतनाथ वाग्ले, भवानी पण्डितलगायत पर्यटन व्यवसायीहरुले समस्या र जिज्ञासा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>