चितवन विशेष

एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार’ भोलि

Banner

चितवन, जेठ २२–

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनको आयोजनामा भोलि (विहीबार) भरतपुरमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार’ हुँदैछ ।
भरतपुर गार्डेन रिसोर्ट भरतपुरमा विहान ११ देखि अपरान्ह ५ बजेसम्म चल्ने सेमिनारमा प्रवेश निःशुल्क गरिएको छ ।

सेमिनारमा अष्ट्रेलियाका १३ वटा युनिभर्सिटि तथा कलेजका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा बारे परामर्श दिने एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनले सेमिनारमा अभिभावक एवंम विद्यार्थी स्वंम् उपस्थित भई अष्ट्रेलियाको शिक्षाको बारेमा राम्रो परामर्श लिने सकिने बताए । सेमिनारको सम्पूर्ण तयारी पुरा भईसकेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

सेमिनारमा चाल्र्स स्टट युनिभर्सिटि , भिक्टोरिया युनिभर्सिटि, युनिभर्सिटि अफ साउथन क्वीन्सल्याण्ड, टोरेन्स युनिभर्सिटि, साउथन क्रस युनिभर्सिटि, होल्म्स इन्स्टिच्युट, एक्ससेलेसिया कलेज, कप्लान विजनेश स्कुल, क्वीबा, इसिए, ब्राइटन कलेज, अस्मी अष्ट्रेलियन स्कील्स म्यानेजमेन्ट इन्स्टिच्युटका प्रतिनिधिहरुले परामर्श दिनेछन् ।

अष्ट्रेलियाको सिड्नीमा मूख्य कार्यालय रहेको एक्सपर्ट उत्कृष्ट शैक्षिक परामर्श केन्द्रको रुपमा परिचित छ । एक्सपर्टको अष्ट्रेलियामा मात्रै ८ वटा शाखा कार्यालय रहेको छ । त्यस्तै ९ वटा अन्य देशमा पनि एक्सपर्टले शाखा विस्तार गरी शैक्षिक परामर्श दिँदै आईरहेको छ ।

चितवनमा एक्सपर्टको दुई वटा शाखाहरु रहेका छन् । यहाँ उत्कृष्ट आईएलटिइएस प्रशिक्षकले अध्यापन गराउने गरेको प्रवन्ध निर्देशक अधिकारीले बताए । एक्स्पर्टले वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई उत्कृष्ट परामर्श दिनुको साथै सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आईरहेको छ । उसले दैविप्रकोपको बेलामा सहयोग गर्नेदेखि खेलकुद लगायत अन्य क्षेत्रमा सामाजिक कार्य गर्दै आईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>