चितवन विशेष

विश्व वातावरण दिवसमा लिटल स्टार बोडिङको बृक्षारोपण कार्यक्रम

Banner

चितवन,जेठ २१-

विश्व वातावरण दिवसको अवसरमा भरतपुरको लिटल स्टार बोडिङको आयोजनामा विद्यालय परिसर र आसपासको क्षेत्रमा वृक्षारोपण तथा बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । विद्यार्थी तथा स्थानिय सर्वसाधारणलाई वातावरणप्रति सचेत गराउने उदेश्यका साथ विद्यालयले बृक्षारोपण र सरसफाई कार्यक्रमको आयोजना गरेको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिनुभयो । उहाँले विभिन्न पर्व र दिवसमा विद्यालयले सामाजिक कार्यक्रमहरु संचालन गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्र मणि काफ्लेले विकाससंगै निम्तिएको वातावरण विनास र प्रदुषणलाई हटाउन हरेक क्षेत्रमा अभियान संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले वडालाई वातावरण मैत्री बनाउन सबैको साथ आवश्यक रहेको धारणा राख्नुभयो ।

वातावरण प्रदुषणलाई रोक्न गरिने यस्ता कार्यक्रमले वातावरण प्रदुषणका बिषयमा बालबालिकालाई जानकारी हुने र भबिष्यमा वातावरण प्रदुषण रोक्न सहयोग पुग्ने विद्यालयका सहायक प्राचार्य नवराज पौडेलले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका विद्यार्थी,शिक्षक,कर्मचारीको उल्लेख्य उपस्थिति रहेको थियो ।

“स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ विश्व वातावरण दिवस यसबर्ष चितवन सहित देशैभर विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइदैं छ । संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनी जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>