चितवन विशेष

स्मल हेभनका विद्यार्थीद्वारा चेपाङ बालबालिकालाई सहयोग

Banner

चितवन, जेठ २१-

स्मल हेभन स्कुल कल्याणपुरका कक्षा ६ का विद्यार्थीहरूले गामबेसी चेपाङ संरक्षण केन्द्र रत्ननगरका बालबालिकाहरूलाई सहयोग गरेका छन् ।

विद्यार्थीहरुले दैनिकउपभोगका सामान तथा लत्ताकपडा तथा मायाको चिनो वितरण गरेका हुन् । सामाजिक कार्यमा सरिक हुन प्रोत्साहन गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रमको सहयोग खर्च विद्यार्थी आफैले जुटाएका थिए । कार्यक्रममा संयोजक कोपिला भण्डारीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले संस्थाको परिचय प्रस्तुत गर्दै बालबालिकाहरूले गरेको यस किसिमको सहयोगको भावना प्रति खुसी व्यक्त गरे । कार्यक्रममा स्मल हेभन स्कुलका प्राचार्य गणेश थापाले बालबालिकामा करूणा र सम्मानको भावना जगाइ समाजप्रति उत्तरदायी भएर समाज सेवामा लाग्ने प्रेरणा दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>