अन्तर्राष्ट्रिय
१३ जना बोकेको भारतीय वायु सेनाको जहाज हरायो
०

असम, जेठ २०-
भारतीय वायु सेनाको एउटा जहाज सोमबार दिउँसो हराएको छ। पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त जहाज सोमबार दिउँसो १ बजेदेखि हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उक्त जहाज अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको थियो।
टेक अफ भएको केहीबेरमै जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य भइरहेको छ।
मेचुका उपत्यका अरूणाञ्चलमा चिनियाँ सीमानजिकै पर्छ।एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>