देश/प्रदेश

अर्काकी श्रीमतीसंग रंङ्गेहात समातिए वडाअध्यक्ष माझी

Banner

रामेछाप, जेठ २०–

रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका वडा अध्यक्ष गोपालबहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन । माझी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफुहरु श्रीमान श्रीमती भएको भन्दै गएको मंसिरदेखि कोठा लिएर बसेको सुइको पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान कविराज श्रेष्ठ मिलेर दुवैलाई गएराति साढे एघार बजे कोठाबाट पक्राउ गरेका हुन । पक्राउ परेका दुवै महानगरिय प्रहरी प्रभाग ठिमीको हिरासतमा रहेको प्रहरी नायव निरीक्षक त्रिविक्रम कोइरालाले जानकारी दिए । उनीहरु विरुद्ध सोमबार बहुबिवाह मुद्धा दायर गर्ने कृष्णमाया माझीले बताईन ।

कुभिण्डेका कविराज श्रेष्ठ बैदेशिक रोजगारीका लागि दुवईमा थिए । उनले श्रीमतीको बारेमा गाईगुई सुनेका थिए । २० दिन अघि काठमाण्डौं फर्केका उनले श्रीमतीलाई सम्पर्क गर्न खोजे तर सम्पर्क भएन । परिवारका केहि सदस्यबाट छोरा होस्टलमा राखेको थाहा भयो । सिनामगंगलको होस्टलमा छोरा राखेको थाहा पाए । श्रीमतीसंग सम्पर्क कायम गर्नका कयौं प्रयत्न गरे तर सकेनन । सिन्धुली तिनपाटन माईती भएकी २७ वर्षीया श्रीमतीलाई कविराजले सिन्धुलीमै छोडेर विदेश गएका थिए ।

उता केहि वर्षदेखि घरबाट निकालिएकी माझीकी श्रीमती कृष्णमायाले समेत श्रीमानको खोजि गरिरहेकी थिईन । काठमाण्डौंमा एउटा सुरक्षा कम्पनीमा काम गर्दै आएकी कृष्णमायाको भेट कविराजसंग भयो । दुवै मिलेर खोज्न थाले । भक्तपुरको चारदोवाटोमा कोठा रहेको र दुवै श्रीमान श्रीमती भएर बसेको जानकारी पाएपछि खोज्दै उनीहरुको भएको कोठामा पुगे । बाहिर माझीको मोटरसाईकल राखिएको थियो । कृष्णमायाले मोटरसाईलक चिनेतपछि प्रहरीलाई बोलाइन् । प्रहरी आएपछि कोठा खोल्न लगाउदा दुवै सगैं भेटिए । श्रीमान श्रीमतीको रुपमा बसेको प्रमाणका लागि केहि तस्विरहरु पनि कोठामा सजाएको भेटिएको छ ।

गोपाल माझी र कृष्णमायाका ८ वर्षीय छोरा छन । उनी गोपालसगैं छन । कृष्णमाया ४ वर्ष देखि माझीसंग छैनन् । ‘मलाई कम्ती सास्ती दिएको छैन’ माझी भन्छिन्– ‘मैले पहिले देखिनै गाईगाई सुनेकी थिए, प्रमाण फेला नपारेर मुद्धा हाल्न सकेकी थिईन, अब प्रमाण भेटे मुद्धा हाल्छु ।’ गोपाल र कृष्णमाया बेग्लाबेग्लै वस्ने भएपनि सम्बन्ध बिच्छेद भएको छैन । कृष्णमायाले अर्को विवाह पनि गरेकी छैनन् ।

कृष्णमायाका अनुसार ४ दिन अघि गोपालले ती महिलालाई भलुवाजोरको कुनौरीमा लगेका थिए । गोपालले नयाँ घर बनाएर बसेका छन् । गृह प्रवेशका अवसरमा ती महिला पनि आएकी थिईन । आईतबार उनले बहिनीसंग गाडीमा ती महिलालाई काठमाण्डौं पठाएका हुन् । त्यसको केहि घण्टा पछि आफु मोटरसाईकलमा काठमाण्डौं हिडेका थिए। ‘घर प्रवेश भने पनि त्यसले बिबाहको भोग गरेको हुनुपर्छ ’–कृष्णमायाले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>