खेलकुद

लिभरपुललाई छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि

Banner

काठमाडौं, जेठ १९–

लिभरपुलले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । फाईनलमा प्रिमियर लिग प्रतिस्पर्धी टोटनह्यामलाई २–० गोलले हराउँदै लिभरपुलले उपाधि जितेको हो ।

स्पेनको मड्रिडस्थित स्टाडियो वाण्डा मेट्रोपोलिटानो रंगशालामा भएको फाइनलमा खेल सुरु भएको दोस्रो मिनेटमै विवादास्पद पेनाल्टी गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । पेनाल्टीमा मोहम्मद सालाहले लेफ्ट फुटेट शर्टमार्फत उत्कृष्ट गोल गरी दोस्रो मिनेटमै अग्रता दिलाएका हुन् ।

च्याम्पियन्स लिग फाइनलमा छिट्टो गोल गर्ने सालाह दोस्रो फुटबलर बनेका छन् । यसअघि सन् २००५ को फाइनलमा एसी मिलानका पाउलो माल्दिनीले लिभरपुलविरुद्ध ५० सेकेण्डमै गोल गरेका थिए । दोस्रो हाफको अन्त्यतिर सब्सिच्युड खेलाडी डिभोक ओरिगीले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरी लिभरपुललाई उपाधि सुरक्षित गरे ।

सन् २००५ यता लिभरपुलको यो पहिलो ठूलो उपाधि हो । लिभरपुलले यसअघि सन् १९७७, १९७८, १९८४ र २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>