पत्रपत्रीका बिशेष

नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन अमेरिकाको अर्को दाउ

Banner

काठमाडौं, जेठ १९–

नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन प्रयासरत अमेरिकाले हालै सार्वजनिक एक रिपोर्टमा नेपालसँग रक्षा सम्बन्ध विस्तार गर्ने विषय समेटेको छ ।

अमेरिकाको रक्षा विभागद्वारा जारी सो रिपोर्टमा इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपालसँगको रक्षा सम्बन्धलाई बढाउन खोजेको उल्लेख छ । यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

अमेरिकाले मानवीय सहायता र विपद् व्यवस्थापन, शान्ति स्थापना, सुरक्षा व्यवसायीकरण, प्रतिविद्रोहलगायत क्षेत्रमा नेपालसँग रक्षा सम्बन्ध सम्बन्ध विस्तार गर्ने जनाएको छ ।

नेपाल र अमेरिकाबीचको बढ्दो रक्षा साझेदारीका रुपमा २०१८ जुनमा आयोजित युएस आर्मी प्यासिफिकको नेतृत्वको ‘ल्याण्ड फोर्स टक’ र नेपालसँग भएको उच्चस्तरीय सैन्य संवादलाई लिन सकिने रिपोर्टमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>