अर्थ

आठ महिनामै १३ करोड राजश्व

Banner

भद्रपुर, जेठ १८–

दश महिनाअघि छोटी भन्सारबाट स्तरोन्नति भएको झापाको भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु १३ करोड २१ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ ।

सरकारले गत साउन १ गतेदेखि छुट्टै भन्सार कार्यालयको मान्यता दिएपछि भद्रपुर भन्सार कार्यालयले असोज महिनादेखि मात्र सङ्कलित राजश्व आफैँ केन्द्रमा पठाउन थालेको हो । त्यसअघि मेची भन्सार कार्यालयमा राजश्व पठाउनुपथ्र्यो ।

भन्सार अधिकृत फणिन्द्र खतिवडाका अनुसार भद्रपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को असोज महिनामा रु दुई करोड ६६ लाख ५६ हजार १८१, कात्तिकमा रु दुई करोड ६६ लाख ५६ हजार, मङ्सिरमा रु एक करोड ७६ लाख ९९ हजार, पुसमा रु एक करोड ४२ लाख ६६ हजार, माघमा रु एक करोड २८ लाख पाँच हजार, फागुनमा रु एक करोड ३० लाख ४१ हजार, चैतमा रु एक करोड ५३ लाख ८६ हजार र वैशाखमा रु एक करोड ४८ लाख ७५ हजार राजश्व सङ्कलन गरी राजश्व विभागमा पठाएको छ ।

उहाँले मेची नदीमा पक्की पुल बने पनि भारतीय सरकारले पुलको पूर्वी मुख जोड्ने ४०० मिटर सडक नबनाउँदा सामानको आयात र निर्यात दुवै कार्यमा असर परेको छ । यसबाट राजश्व सङ्कलनमा समेत कमी आएको भन्सार अधिकृत खतिवडाले बताउनुभयो ।
उहाँका अनुसार भारत सरकारले भर्खरै मेची पुललाई विहारसँग जोड्ने बाटोको डिपीआर शुरु गरेकाले निकट भविष्यमै यस भन्सारबाट हुने राजश्व सङ्कलनमा वृद्धि आउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>