अन्तर्राष्ट्रिय

नेवी सील कमाण्डो रोबर्टले ओसामाबिन लादेनलाई यसरी हानेका थिए गोली

Banner

बैशाख २२, २०७६

आठ वर्ष पहिला सन् (२०११ मे २) तारिकका दिन विश्वका चर्चित आतंकवादी अल कायदाका तत्कालिन प्रमुख ओसामाबिन लादेनलाई नेवी सील कमाण्डो रोबर्टले गोली हानी हत्या गरेका थिए । ‘लादेनको शिर तीन गोलीले शरीरबाट छुट्टिएको थियो पछि पहिचानका लागि शरीरमा जोडियो।’ पूर्व नेवी कमाण्डो रोबर्टको नयाँ बुक द अपरेटर फायरिङ द साट्स दैट किल्ड विन लादेन बजारमा ल्याएका छन्।
उनले २३ नेवी कमाण्डो सहितको टोली दुई हेलिकोप्टरमा त्यहाँ पुगेको पनि उल्लेख गरेका छन्। पहिलो हेलिकोप्टर अपरेशनका लागि थियो भने दोस्रो इन्धन उपलब्ध गराउनका लागि खटाइएको थियो। ९० मिनेटपछि उक्त शहरमा पुगेको पनि उनले बताएका छन्। त्यहाँका केही व्यक्तिले हामीलाई त्यहाँ छिरेको पनि देखेको थिए, उनले भनेका छन्, हामी एकदमै ध्यानपूर्वक उक्त अपरेशनमा जुटेका थियौँ ।

कुनै महिलाले ओसामा दोस्रो कोठामा रहेको संकेत गरीन् । त्यहाँ उनको सुरक्षामा उनका एक छोरा पनि थिए। उसका नजिकै केही व्यक्ति पनि देखिएका थिए। मैले तीन गोली चलाए। उनका साथमा उनकी पत्नी पनि थिइन्। उनको छोरा मेरो बायाँतिर थिए। मैले उनी दुबैलाई गोलीले ओछ्यानमा लडाए। त्यसपछि मेरा साथीहरु त्यहाँ पुगे। त्यसपछि हामीले अन्य कोठामा पुगेर छापा मार्यौँ ।

यहि पुस्तकमा उनले लादेनका नयाँ रहस्य खुलाएका हुन्। ‘लादेन वास्तवमा आफैँले चलाएको गोलीले नै मरिसकेका थिए।’ त्यतिबेला उनलाई तीन गोली लागिसकेको थियो। लादेनलाई पाकिस्तानको एक भवनमा सन् २०११ मे २ तारिकका दिन अमेरिकी नेवीको एक सिल कमान्डोको टिमले मारेको थियो। अल कायदाका संस्थापक ओसामा बिन लादेन अमेरिकी सेनाद्वारा पाकिस्तानमा मारिएको आठ वर्ष भइसकेको छ। हजारौँ लडाकूहरू रहेको बिन लादेनले नेतृत्व गरेको सङ्गठन संसारकै सबैभन्दा खतरनाक जिहादी समूह मानिएको थियो। अल कायदासँग राम्रो आर्थिक स्रोत रहेको पनि विश्वास गरिन्थ्यो। तर बिन लादेनको मृत्यु र इस्लामिक स्टेट आइएस समूहको जन्मपछि अल कायदाको शक्ति र प्रभाव धेरै नै घटेको थियो।

ओसामा बिन लादेन साउदी अरबस्थित एक निजी बिल्डर कम्पनीको मालिकका छोरा थिए । ओसामाको अकूत पैतृक सम्पत्ति अल कायदाले सञ्चालन गर्ने आतंकवादी गतिविधिमा प्रयोग हुने गरेको थियो । यसलाई विश्वको त्यस्तो पहिलो संगठन मानिएको छ, जसले आफ्नो आतंककारी गतिविधिलाई बढावा दिनका लागि उच्च शिक्षा लिएका पुरुष र महिलाहरूको सहयोग लिने गरेको छ । सन् २००१ को ११ सेप्टेम्बरमा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा भएको आत्मघाती हमलामा यसै संगठनको हात रहेको थियो । २०११ को मई २ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाको इसाराअनुसार ओसामा बिन लादेनलाई पाकिस्तानमा मारियो । यो संगठनले कडा भूमिगत शैलीमा काम गर्छ र अहिले यसको नेतृत्व अयमल अल जवाहिरीले गरिरहेका छन् ।

अहिले अल कायदाको अवस्था के छ र यसबाट विश्वलाई के कस्तो खतरा छ त? आइएस समूह हालका वर्षहरूमा समाचार शीर्षकहरूमा छाइरहँदा अल कायदाले ससाना प्रादेशिक समूहहरूसँग गठबन्धन गर्दै चुपचाप आफूलाई पुनरुत्थान गर्ने नीति अपनायो। अमेरिकी नेशनल इन्टिलिजेन्सको ताजा प्रतिवेदनले अल कायदाका माथिल्लो तहका नेताहरूले सङ्गठनमा विश्वव्यापी निर्देशन संरचना बलियो बनाउँदै पश्चिमा र अमेरिकामाथि आक्रमण गर्न उत्प्रेरित गरिरहेको बताएको छ।

संयुक्त राष्ट्रसङ्घको यो वर्षको सुरुमा प्रकाशित विश्व आतङ्कवादसम्बन्धी प्रतिवेदनमा अल कायदा अझ धेरै महत्त्वाकांक्षी हुँदै गएको देखिएको र अन्तर्रा्ष्ट्रिय प्रभूत्व बनाउने महत्वाकांक्षाका साथ थुप्रै स्थानमा यो सक्रिय रहेको उल्लेख छ। यो वर्षको फेब्रुअरीमा यूकेको जासूसी संस्थाका प्रमुख एलेक्स योङ्गले पनि अल कायदाको पुनरुत्थान भइरहेको बताएका थिए। अमेरिकी सेनाको आक्रामक ड्रोन अभियान, बिन लादेनको मृत्यु र आइएसको चुनौतीका कारण अल कायदा नयाँ रणनीति अपनाउन बाध्य भयो।

यसले अफ्रिका, मध्यपूर्व र दक्षिण एशियामा सफलताका साथ सहयोगी समूहहरू वा शाखाको सञ्जाल बनाएको छ। सन् २०१८ मा यसले विश्वभर ३१६ आक्रमण गरेको द आर्म्ड कन्फ्लिक्ट लोकेशन एन्ड इभेन्ट डेटा प्रोजेक्ट एसीएलइडीले जनाएको छ। अल कायदा इन द इस्लामिक माग्रेभ (एक्यूआइएम) सन् २००६ मा अल्जेरियामा निर्माण भएको समूह हो। अल्जेरियाली सेनाले लखेटेपछि यो आजकल साहेल र पश्चिम अफ्रिकामा सक्रिय छ। अल कायदा इन अरेबियन पेनिनसुला (एक्यूएपी) सन् २००९ मा यमन र साउदी अरेबियाका दुई जिहादी समूहको मिलन भएर बनेको समूह हो।

अल कायदा इन द इन्डियन सबकन्टिनेन्ट (एक्यूआइएस) अफगानिस्तान, पाकिस्तान, भारत, म्यानम्यार र बङ्ग्लादेशमा सक्रिय सन् २०१४ मा स्थापित समूह हो जमात नुसरत अल इस्लाम वाल मुस्लिमिन (जेएनआइएम) माली र पश्चिम अफ्रिकाका केही समूहहरू मिलेर बनेको समूह हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>