अन्तर्राष्ट्रिय

भेनेजुयलामा किन भइरहेको छ मडुरोको विरोध ?

Banner

बैशाख २२, २०७६

दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा माथिल्लो सदनका उपाध्यक्षलाई सरकारी गुप्तचरहरूले गाडीसहित पक्राउ गरेका छन्।

आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका राष्ट्रिय सभाका अध्यक्ष हुवान गुवाइदोका समर्थक तथा उक्त सभाका उपाध्यक्ष एडगर जाम्ब्रानोलाई गुप्तचर संस्था सेबिनका अधिकारीहरूले बुधबार पक्राउ गरेका हुन्।

उनलाई पार्टी कार्यालयमा कारमा रहेका बेला आएका गुप्तचरले उनको कारलाई उठाएर टो ट्रकमा हालेर आफ्नो मुख्यालय लिएका थिए। मडुरोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि मडुरो सरकार प्रतिपक्षी नेतालाई पक्राउ गरेको यो पहिलो पटक हो।

यसअघि मडुरो समर्थकको बाहुल्यता रहेको भेनेजुयलाको संविधान सभाले जाम्ब्रानोलगायत छ जना सांसदको संसदीय अधिकार खोस्ने सहमति दिएको थियो। विपक्षीहरूले भने उक्त निर्णयलाई मान्यता दिएका छैनन्।

सर्वोच्च अदालतले यी सांसदहरूलाई षडयन्त्र, विद्रोह र देशद्रोही भएको बताएको थियो। सर्वोच्चको उक्त निर्णयपछि कारबाही गर्न भन्दै गुप्तचरले जाम्ब्रानोलाई पक्राउ गरेका हुन्।

जाम्ब्रानोलाईले भने आफूलाई पक्राउ नभई अपरहण गरिएको बताएका छन्। गुवाइदोले पनि यसलाई अपहरणकै संज्ञा दिएका छन्।

गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको अमेरिकाले जाम्ब्रानोलाईको पक्राउलाई हचुवाका भरमा गरिएको गैरकानुनी र अमान्य कदम भएको बताएको छ।

भेनेजुयला संकटपछि अहिले वासिङ्टन सरेको अमेरिकी दूतावासले जाम्ब्रानोलाई तत्काल रिहा नगरे त्यसको परिणाम मडुरो सरकारले भोग्नुपर्ने चेतावनी दिएको छ।

भेनेजुयलामा भएको के हो र कुनै बेला दक्षिण अमेरिकाकै धनी राष्ट्र भेनेजुयलाका जनता किन भोकमरीसँग जुझ्न बाध्य छन्रु

यसको उत्तर सरल छैन, एकदमै जटिल छ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका विवरणहरूका आधारमा हामीले केही बुँदाहरू तयार पारेका छौं।

मडुरोको किन विरोध भइरहेको छरु

केही समयअघि भएको एउटा सर्वेक्षणका अनुसार ८० प्रतिशत भेनेजुयलावासी मडुरो सरकारका विपक्षमा छन्।

त्यसको संकेत सडकमा पनि देखिन्छ। सन् २०१४ यता मडुरोविरूद्ध निरन्तर प्रदर्शन भइरहेका छन् र जसमा हजारौं मानिस सहभागी हुन्छन्।

अहिले भेनेजुयलामा भइरहेको राजनीतिक संकट समाजवादी र पुँजीवादीबीचको लडाइँ होइन। यो त बहुसंख्यक भेनेजुयलावासीले असक्षम र तानाशाही शासकलाई हटाउने प्रजातान्त्रिक प्रक्रिया हो।

भेनेजुयलावासी निष्पक्ष प्रजातान्त्रिक चुनाव मागिरहेका छन्।

चाभेजको मृत्युपछि मडुरो कार्यवाहक राष्ट्रपति बने।

संविधानअनुसार कार्यवाहक राष्ट्रपति राष्ट्रपतिको चुनाव लड्न पाउँदैनन्। सन् २०१५ अप्रिलमा भएको चुनावमा उनी उम्मेदवार बने। मडुरोले चुनाव जिते।

चुनावपछि उनले सर्वोच्च अदालतमा नयाँ न्यायाधीश नियुक्त गरे। राष्ट्रिय सभाले पारित गरेका हरेक कानुन सर्वोच्चले असंवैधानिक र आर्थिक रूपले असम्भव भन्दै लागू हुन दिएन।

पछि सबै अधिकार सर्वोच्च अदालतले लिने निर्णय गरे।

मे २०१७ मा उनले संविधान सभा बनाउने घोषणा गरे। त्यसलाई पछि उनले संसद बनाए।

मडुरोको व्यापक विरोध भएर प्रतिपक्षीले जनमत संग्रहको माग गरेपछि मडुरोले फेरि राष्ट्रपतिको निर्वाचन गर्ने बताए।

मे २०१८ मा राष्ट्रपतीय निर्वाचन भयो। यो चुनावका बेला लोकप्रिय विपक्षीहरू कि जेलमा थिए कि निर्वासन वा उनीहरूलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो।

विपक्षीलाई सहभागी हुनै नसकिने गरी गरिएको चुनावमा २० प्रतिशत मतदान भएको थियो।

ती पनि सरकारी कर्मचारी थिए जसलाई मत खसाल्न सरकारले तर्साएको भनिन्छ।

यो चुनावलाई भेनेजुयलावासीले मात्र होइन अन्तर्राष्ट्रिय समुदायले पनि अवैधानिक भनेका थिए।

अमेरिकी राष्ट्रहरूको संगठन ९अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स० सहित ५३ वटा देशले उक्त चुनावमा धाँधली भएको बताएको थियो।

सन् २०१९ जनवरी १० मै त्यो संगठनले मडुरोको सत्तारोहण अवैधानिक भएको बताएको थियो।

भेनेजुयलामा मिडियामाथि सेन्सर छ। सरकारको विरोधमा लेख्नेलाई जेल हालिन्छ।

२०१४ यता सरकारविरूद्ध बोलेको कसुरमा ५ हजार बढीलाई हिरासतमा राखिएको छ।

सन् २०१८ मा काराकास सिटी काउन्सिलका सदस्य मडुरो सरकारको असफलताबारे राष्ट्रसंघमा बोल्न अमेरिका आएका थिए। फर्किँदा उनलाई विमानस्थलबाटै पक्राउ गरियो। तीन दिनपछि उनको हिरासतमै मृत्यु भयो।

अहिले मडुरोको विपक्षमा अमेरिकामात्र उभिएको छैन। अर्जेन्टिना, ब्राजिल, कोलोम्बिया, कोस्टारिका, इक्वेडर, जर्मनी, अल्बानिया, क्यानडा, अष्ट्रेलिया, पाराग्वे, पेरू, स्पेन, इटाली, बेलायत, फ्रान्सलगायत देशहरू छन् भने रूस, चीन, सिरिया, टर्की,क्युबा लगायत मुलुकले मडुरोलाई साथ दिएका छन्।

गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि अमेरिकाले भेनेजुयलाबाट तेल ल्याएवापतको पैसा मडुरो सरकारलाई नदिएर गुवाइदो सरकारले चलाउन मिल्ने गरी खातामा राखिदिएको छ।

भेनेजुयलाले बेच्ने ४० प्रतिशत तेल किनिरहेको र नगदमा कारोबार गर्ने अमेरिकाको यस्तो कदमपछि चालेपछि मडुरो सरकारले विदेशमा भएको सुन बेच्ने बताएको छ। स्वेदशमा उनीविरूद्ध प्रदर्शन बढ्दै गएपछि भेनेजुयलाले सुन राखेका विदेशी बैंकले पनि सुन बेच्न दिनेरनदिने टुंगो छैन।

यति चरम अवस्थामा पुग्दा पनि मडुरोले सत्ता छाड्ने छाँटकाँट देखाएका छैनन्। बरू बिबिसीसँगको अन्तर्वार्तामा उनले भेनेजुयला गृहयुद्ध हुने चेतावनी दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>