प्रचलन

सुनकोसीमा स्कारपियो खस्दा ७ को मृत्यु

Banner

बैशाख २२, २०७६

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको रत्नावती गाविस–३ सोखुखोला नजिक सडकबाट सुनकोसीमा स्कारपियो खस्दा चालकसहित ७ जनाको मृत्यु भएको छ। आइतबार काठमाडौंबाट हलेसीतर्फ जाँदै गरेको स्कारपियो गाडी सुनकोसीमा खस्दा चालकसहित ७ जनाको घटनास्थलमै मृत्यु भएको हो।

४ जना पुरुष र २ जना महिलाको घट्नास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बा१२प ८८९७ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट झन्डै २ मिटर तल सुनकोसीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाकान्त पञ्जीयारले जानकारी दिनुभयो।

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङगकटट्ी ६ का ५० वर्षीय साङगदोर्जे शेर्पा, सोही स्थानका ५७ वर्षीय बाले शेर्पा, वर्ष ५० की बिवुती शेर्पा, वर्ष ५० कै सर्किनी शेर्पा र गाडी चालक लमजुङ सानिभन्ज्याङ अन्दाजी ४० वर्षका झपटबहादुर गुरुङको मृत्यु भएको प्रहरी उपरीक्षक पञ्जीयारले जनाए।उपचारको क्रममा काठमाडौंको स्वयम्भु गोल्ढुङाकी ६० वर्षीय टुकुली शेर्पा मृत्यु भएको र सनाखत हुन नसकेका एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक पञ्जीयारले जानकारी दिनुभयो।

प्रहरी उपरीक्षक पञ्जीयारकाअनुसार एक जना भने अझै बेपत्ता छन्। गाडीमा ९ जना रहेको र ७ जनाको घट्स्थलमै मृत्यु भएको थियो भने घाइते रहेका १ जनालाई उपचारार्थ काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ का ५० वर्षीय दाल्मु शेर्पा घाइते छन् भने सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ का ४५ वर्षीय दानुर्ब शेर्पा बेपत्ता रहेको प्रहरीले जनाएको छ। घट्नास्थलमा इलाका प्रहरी कार्यालय खुर्कोट तथा जिल्ला प्रहरी कार्यालयसहितको टोलीले उद्दार गरेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>