प्रचलन

‘रानु कम्बर’ राजधानीमा एक समारोहबीच सार्वजनिक

Banner

बैशाख २२, २०७६

सुयोग गुरुङको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्म सानो मनको नृत्यप्रधान गीत रानु कम्बर राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

हाई टेक इन्टरटेन्मेन्ट च्यानलबाट रिलिज गरिएको गीतमा आयुषमान देसराज जोशी, शिल्पा मास्के, गौरी मल्ल, विशाल पहाडी, रश्मी भट्टलगायतको नृत्य छ। गीतमा बलिउडका साजन सिंहले कोरियोग्राफी गरेका छन्। उनी बलिउड अभिनेता सलमान खानका निजी डान्स ट्रेनर हुन्।

सामाजिक प्रेम कथामा आधारित फिल्मको यो गीतमा सुयोग सोताङ र रोमन वज्राचार्यको संगीत, रोेमन र रवी मल्लको शब्द रहेको छ भने निर्देशक सुयोग गुरुङ, सिम्मा राई र रोमनको स्वर रहेको छ। विभिन्न पार्टीमा बज्ने सम्भावना बोकेको यो डान्सिङ नम्बर आकर्षक बनेको छ। आगामी असार २० गते रिलिज हुने फिल्मको यो गीतमा अभिनेत्री प्रियंका कार्कीस“ग हुने आफ्नो विवाहमा आफू नाच्ने आयुषमानले बताए।

यो गीत र चलचित्रमा काम गर्दाको अनुभव सुनाउ“दै शिल्पाले गीत र भिडियो राम्रो बनेको बताईन्। अभिनेत्री गौरी मल्लले यो गीतमा आयुषमानको नृत्यले आफूलाई दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको नृत्यको झझल्को दिएको बताइन्। निर्देशक गुरुङले फिल्ममा अरू चार गीत रहेको र आफ्नो फिल्म संगीत प्रधान प्रेम कथामा केन्द्रित रहेको जानकारी गराए। यस्तै निर्मातामध्येका राजेन्द्र मानन्धरले आफूहरूले यो फिल्मलाई राम्रो बनाउन कुनै कसर बा“की नराखेको बताए।

योगेश गुरुङ, राजेन्द्र मानन्धर, राजिव श्रेष्ठ र शरद श्रेष्ठद्वारा निर्मित फिल्म आलोक शुक्लाले खिचेका छन् भने शिशिर वाङ्देल, सक्षम कृष्ण श्रेष्ठ, कृष्णभक्त महर्जन, लक्ष्मी भुसाल, प्रकाश श्रेष्ठ र देवकुमार श्रेष्ठलगायतले पनि यसमा अभिनय गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>