भरतपुर

विद्यार्थी भर्ना गर्न घरदैलो

Banner

बैशाख २२, २०७६

‘नमस्कार अभिभावक ज्यू, विद्यालयका विद्यार्थी भर्ना अभियान सुरु भईसक्यो, मैले त आफ्ना नानी बाबुहरुलाई विद्यालयमा नाम लेखाईसके हजुरले पनि नाम लेखाउनुहोस्’ भनेर लेखिएको ब्यानर सहित स्थानीय सरकारका प्रतिनीधि र गैरसरकारी संस्थाका कर्मचारीहरु घरदैलो अभियानमा पुग्दा स्थानीय अचम्मीत भए । नगरपालिकाका जनप्रतिनीधि र गैससका प्रतिनीधिहरुले बालबालिकाको घरदैलोमा पुगेर आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउन अभिभावकसँग आग्रह गरे ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका जनप्रतिनिधि लगाएतको टोली विभिन्न कारणले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन घरदैलो अभियानमा पुगेका थिए ।

घरदैलो अभियानका क्रममा शुक्रवार नगरपालिकाको वडा नं. ८ को गैरी टोलमा विद्यालय छोडेर घरमै बसेका दुई जना बालबालिकालाई विन्द्रासैनी माध्यमिक विद्यालय भर्ना गरिएको छ ।

चामुण्डाविन्द्रासैनी नगरपालिका र बुलगारी परियोजनाले घरदैलो अभियान सुरु गरेको हो । ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्याउ’ भन्ने मुलनाराका सेभ द चिल्ड्रेन आर्थिक सहयोग, एभरेष्ट क्लव दैलेख, युवा सशक्तिकरण बुलगारी परियोजन र चामुण्डाविन्द्रासैनी नगरपालिका सहजिकरणमा विद्यालय बाहिर रहेको बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने उद्देश्यका साथ अभियान सुरु गरिएको परियोजनाका फिल्ड अधिकृत टेकराज न्यौपाने जानकारी दिनुभयो ।

घरदैलो अभियानमा चामुण्डाविन्द्रासैनी नगरपालिका नगरसभा सदस्य बालिराम रेग्मी, विन्द्रासैनी माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष, शिक्षक र बाल क्वलका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>