रोचक
जब जापानी प्रधानमन्त्री सिकर्मी बने
०

१८ वैशाख, हेटाैंडा
जापानका प्रधानमन्त्री सिन्जो आबेलाई हालै एक फरक भूमिकामा देखियो । उनी आफ्नो निजी निवासको ढोका ढकढकाउने एउटा काठको डोर नकर ठोक्दै थिए । उक्त डोर नकर उनलाई क्यानडाका प्रधानमन्त्रीले आबेको हालैको क्यानडा भ्रमणका क्रममा उपहार दिएका थिए । कावागुची ताल नजिकैको आफ्नो निजी भिल्लाको ढोकामा उनले त्यो डोर नकर जडान गरेका हुन्, आफैले ।
त्यो कलात्मक काठको डोर नकर क्यानडाको क्यूबेक सहरका कालीगढहरुले तयार गरेका थिए ।
प्रधानमन्त्री शिन्जो आवेले सिकर्मीको काम गरिरहेको भिडियो उनकी पत्नीले त्यो भिडियो रेकर्ड गरेकी हुन् । भिडियोको अन्त्यतिर पत्नी आफैले हाँस्दै त्यो डोर नकर टेष्ट गरिरहेको पनि देख्न सकिन्छ ।
प्रधानमन्त्री आबेले आफु सिकर्मी बनेको त्यो भिडियो आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोष्ट गरे, जुन अहिले भाइरल बनेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>