राजनीति

अस्थायी शिक्षकहरूलाई स्थायी गराउन सकिँदैन : शिक्षामन्त्री

Banner

१८ वैशाख, हेटाैंडा

रकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरूलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरूको स्वतहः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने प्रष्टयाएका हुन्।

बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले एक पटक लिइएको परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरूलाई सरकारले चालू शैक्षिक सत्रभित्रै सम्मानका साथ विदाइ गर्ने योजना रहेको सुनाए।

सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरूलाई स्थायी गराउन एक पटक परीक्षा लिएको थियो । तर अब त्यसरी पुनः परीक्षा लिएर स्थायी गराउन कानुनले नै नमिल्ने मन्त्री पोखरेलको तर्क छ।

मन्त्री पोखरेलले गुणस्तरीय शिक्षामा जोड दिइरहेका बेला परीक्षामा अनुर्तीण भएका अस्थायी शिक्षकहरूलाई स्वतहः स्थायी गर्न व्यवहारिक समेत नहुने पनि स्पष्ट पारे।

उनले अस्थायी शिक्षकहरूलाई आर्थिक सहायतासहित विदाइ गर्न सरकार लागिपरेको पनि स्पष्ट पारे।

बैठकमा समितिका सदस्यहरूले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरूलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए।

समितिकी सदस्य रेखा कुमारीले लामो समय कार्यरत अस्थायी शिक्षकहरूको पीडालाई सम्बोधन गरेर अघि बढ्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

उनले कतिपय अस्थायी शिक्षकहरू अपांग समेत भएकाले उनीहरूको जीविकोपार्जनको व्यवस्था सरकारले गर्नुपर्ने पनि बताइन्।

बैठकमा समिति अन्तरगतको शिक्षा उपसमितिले तयार पारेको प्रतिवेदन मन्त्री पोखरेललाई बुझाइएको थियो।

प्रतिवेदनमा शिक्षक दरबन्दी तत्काल मिलान गर्न सरकारलाई सुझाव दिइएको छ।

त्यसैगरी सार्वजनिक विद्यालयहरूको पठनपाठनलाई व्यवस्थित बनाउन पनि सरकारलाई सचेत गराइएको उपसमितिका संयोजक उमेश श्रेष्ठले जानकारी दिए।

यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले शिक्षकहरूको दरबन्दी मिलानमा ढिलाइ नहुने प्रतिवद्धता व्यक्त गरेका थिए।

उनले प्राविधिक तथा व्यवसायिक शिक्षकहरूको अभाव तत्काल पूरा हुने गरी सरकारले आवश्यक कानुनको व्यवस्था गर्ने तयारी गरिरहेको पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>