राजनीति

बालकृष्ण खाणको प्रश्न- ‘मेरो सरकार’ले मदन भण्डारीका हत्यारा कहिले खोज्छ?

Banner

१८ वैशाख, हेटाैंडा

नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले हाँस्यकलाकारले देश चलाइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यंग गरेका छन्।

‘अहिले हाँस्यकलाकारले देश चलाइरहेका छन्। हाँस्यकलाकार स्टेजबाट ओर्लेर सिंहदरबार गए,’ काठमाडौंमा बुधबार आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानमा कांग्रेस संसदीय दलका सचेतकसमेत रहेका खाणले भने।

संसदमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले मंगलबार संसदमा गैरसंसदीय इतिहास रचेको आरोप लगाए। प्रधानमन्त्रीले सदस्यको मर्यादा कायम राखेर सालिन जवाफ दिनुपर्ने उनले बताए।

‘जनताको प्रतिनिधि सांसदलाई गैरसंसदीय भाषा बोल्ने?,’ उनले भने, ‘हामी जनताको प्रतिनिधि हौं। जनताको प्रश्न सोध्न नपाउने?’

उनले काठमाडैंको धुलो हटाउन सरकारले नसकेको आरोप लगाए। ‘मेरो सरकारले त माक्स लगाउनु पर्दैन। एसी गाडी छ,’ उनले भने, ‘काठमाडौं माक्समाडौं बनाइदिनुभएको छ। माक्स लगाउनु पर्दा आफ्नै साथी चिन्न गाह्रो भो।’

मदन भण्डारी र निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै खाणले सरकारको आलोचना गरे।

‘मदन भण्डारीको सबैभन्दा हितैषी ‘मेरो सरकार’ हुनुहुन्छ। प्रधानमन्त्री हुनुहुन्छ अनि हत्यारा खोज्नु पर्दैन? कहिले खोज्नुहुन्छ?,’ उनले भने।

प्रधानमन्त्रीले संविधान मिचेको उनले बताए।

‘ओलीजी ज्ञानेन्द्र पथमा हुनुहुन्छ, राणाको पथमा हुनुहुन्छ। संविधान मिच्दै हुनुहुन्छ,’ उनले भने, ‘राणा, पञ्चकालमा कांग्रेस सकिएन। ज्ञानेन्द्रलाई पनि भ्रम थियो कांग्रेस सिध्याउने तर कांग्रेस सिद्धिएन।’

उनले प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धानलगायतको अधिकार आफूमा केन्द्रीकृत गरेको बताए।

‘अहिले राष्ट्रिय अनुसन्धानको प्रमुख को भनेर हाजिरजवाफमा प्रश्न आयो भने उत्तर केपी ओली हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले सबै अधिकार आफैंमा ल्याउन खोज्नुभएको छ, अब सिद्धिने पालो ओलीको आएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>