मकवानपुर

‘वडालाई अधिकार प्रत्यायोजन गर्न कञ्जुस्याइँ गर्नुहुन्न’

Banner

बैशाख २२, २०७६

सुदर्शन मिश्र
वडाअध्यक्ष- ललितपुर महानगरपालिका – १५

ललितपुर महानगरपालिका – १५ का वडाअध्यक्ष सुदर्शन मिश्र राजनीतिक रुपमा खारिएका कार्यकर्ताको रुपमा चिनिन्छन् । करिब ३५ वर्षदेखि तत्कालीन नेकपा एमालेमा सक्रिय रह“दै आउनुभएका मिश्रको निम्ति वडाअध्यक्षको जिम्मेवारी लामो समयको राजनीतिक ‘करिएर’ मा हासिल गरेको पहिलो सार्वजनिक पद हो।सातदोबाटोका केही पुराना घरहरु छाडेर १५ वडा लगभग पुरै नया“ बस्तीको रुपमा रहेको छ ।

नेपाली सेनाको राजदल, कृषि अनुसन्धान परिषद् खुमलटार, सशस्त्र प्रहरीको गण लगायत सरकारी कार्यालयहरु पनि यसै वडामा रहेको छ ।वडाका आफ्नै विशेषता, समस्याहरु रहेका छन् ।यस वडाका बासिन्दाको मुख्य चाहना, समस्या र योजनाको सम्बन्धमा नेपाल समाचारपत्रले अधिवक्ता समेत रहनुभएका वडाअध्यक्ष मिश्रसंग गरेको कुराकानीेको सम्पादित विवरणः–

० वडाअध्यक्षको जिम्मेवारीलाई कसरी लिनुभएको छ ?
वडाअध्यक्षको जिम्मेवारी, लामो समयको राजनीतिक करिएरको दौरानमा हासिल गरेको पहिलो सार्वजनिक जिम्मेवारी हो ।यस जिम्मेवारीलाई राजनीतिक कार्यकता हु“दा सिकेको ज्ञान, प्राप्त अनुभव, बुझेको जनताको चाहनालाई बुझेर ठोस काम गरेर देखाउने अवसरको रुपमा लिएको छु ।कार्यकता हु“दाको अनुभवले जनताको चाहना ठम्याउने, फराकिलो दृष्टिकोण राखेर वडालाई उद्देश्य अनुरुप सञ्चालन गर्न, सबैलाई सम्मानपूर्वक व्यवहार गन सिकाएको छ । वडाअध्यक्षको अभिभारालाई जनताको प्रतिनिधि, सेवकको रुपमा काम गर्ने थलोको रुपमा लिएको छु ।

० अहिलेसम्म गरिएको मुख्य मुख्य कामहरु के के हुन् ?
मुख्य काम भनेको ढल र बाटो बनाउने कार्य नै हो । शान्ति नगर, भेल्पा, खुमलटार, आदर्श समाजमा गरी करिब ३ हजार मिटर नया“ ढल बनाउने कार्य सम्पन्न भएको छ । त्यसैगरी शान्ति नगर, खुमलटारमा बाटो बनाउने, पीच गर्ने, ढलान गर्ने काम भएको छ ।ढल र बाटो बनाउने कार्यलाई मुख्य कार्यको रुपमा लिएको छु ।

वडाबासीको मुख्य अपेक्षा के के हुन् ?
पाटनका किसानहरुको खेतीपाती रहेको यस वडा पछिल्लो पटक विकास भएको हो । बसाईसराई गरेर आएकाहरुको नै वडामा बाहुल्यता रहेको छ ।मिश्रित बसोबास रहेको छ ।पूर्वमन्त्री, उच्च प्रशासक, सेना र प्रहरीका पूर्व उच्चपदस्थहरु, अलि सम्पन्न मानिसहरुको बाहुल्यता रहेको छ ।यहा“का मानिसको मुख्य चासो नै सरसफाई, भौतिक पूर्वाधार,खानेपानी रहेको छ ।खानेपानीको हाहाकार नै मुख्य समस्या हो ।

० तपाईले वडाबासीको चाहनालाई के कति हदसम्म सम्बोधन गर्नुभएको छ त ?
वडाबासीको चाहनालाई सकेसम्म सम्बोधन गर्दै आएको छु । खानेपानीको आपूर्तिको लागि योजना बनाउ“दै छु । सडकमा फोहोर फाल्नेलाई कडा कारवाही गर्ने अभियान चलाएको छु ।पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छु ।

यस कार्यमा के कस्तो चुनौतीको सामना गर्नुपरेको छ ?
सबैभन्दा ठूलो चुनौती भनेको नै प्राविधिक कर्मचारीको अभाव नै हो। वडाको बासिन्दाहरुको मुख्य चासो नै विकास भएकोले प्राविधिक कर्मचारीको खा“चो रहन्छ । प्राविधिक कर्मचारीको अभावमा लागत इष्टिमेट तयार गर्ने, डिपीआर तयार गर्ने लगायत काम गर्न सकेको छैन । प्राविधिक कर्मचारीको भर्नाको विषयमा महानगरपालिकाको कार्यपालिका बैठकमा ध्यानाकर्षण गर्दै आएको छु ।

संविधान प्रदत्त अधिकार आफुसम्म मात्र सीमित गर्न तल दिन नचाहने प्रवृति सबै तहमा देखिएको छ ।कर्मचारीलाई केन्द्रीकृत मानसिकताले निकै गा“जेको छ । मैले त महानगरपालिकामा नगरस्तरीय योजना राख्नुहु“दैन, सबै योजना वडास्तरीय नै बनाउनुपर्दछ भनेर भन्दै आएको छु । नगरस्तरीय योजना र अवन्डामा (म्युचएल फण्ड) राख्ने कार्य संघीयताको मर्म विपरीत रहेको छ

अर्को समस्या भनेको विकास निर्माणका कार्यमा जनसहभागिता जुटाउन, समुदायको परिचालन गर्न कठिन छ । सबै पढेलेखेका, सम्पन्न वर्ग, राज्यको उच्च ओहोदामा बसिसकेका व्यक्तिहरु उपभोक्ता समितिमा बस्न, वडाको काममा सहभागी हुन अनिच्छा व्यक्त गर्ने, फुर्सद नै नमिल्ने अवस्था छ । उनीहरु बरु आर्थिक रुपमा सहयोग गर्न तत्पर छन् , भौतिक उपस्थिति वा अन्य सहभागितामा हुन रुचि देखाउने गरेको छैन । तीब्र शहरीकरण, उच्च वर्गको बस्ने हरेक ठाउ“मा यस्तो समस्या आउने नै गर्दछ । यसले गर्दा,लक्षित वर्गको कार्यक्रम अन्तर्गत विभिन्न तालिम, अन्र्तक्रिया लगायत कार्यक्रम सञ्चालन गर्दा सहभागीता जुटाउन कठिनाई छ ।

अन्य समस्याहरु पनि छन् कि ?
शहरीकरण, भौतिक रुपमा सम्पन्न भएसंगै परिवारभित्र हुने महिला हिंसा, सम्बन्ध विच्छेदका समस्याहरु पनि आउने गरेको छ । आर्थिक सम्पन्नतासंगै बहुविवाह, विवाह इतरको सम्बन्धले हुने घरेलु तनाव, आत्महत्या जस्ता सामाजिक, मनोवैज्ञानिक समस्या देखापर्ने गरेको छ । सम्पन्न परिवारको बसोबास रहेकोले यस्ता खालका घटनाहरु खासै बाहिर आउन नपाएको हाम्रो ठम्याई रहेको छ ।

अहिले के कस्तो गुनासो सुन्नुपरिरहेको छ ?
चक्रपथलाई फराकिलो बनाएसंगै बढी सवारी दुर्घटना हुने गरेको छ । अकालमै मानिसहरु मृत्यूवरण गर्न बाध्य भएका छन् । पैदल हिड्न टाउ“को छोडेको छैन, घरसम्मै पीच गरिदिएको छ। साईकल लेन छैन ।बाटो काट्न जेब्रा क्रस नभएको गुनासोहरु बढी आइरहेको छ । यसलाई सम्बोधन गर्न सडक डिभिजन कार्यालय, यातायात व्यवसायी, ट्राफिकहरुसंग समन्वय गरिरहेको छु ।

यस वडामा के – के गर्न सकिने सम्भावना रहेको छ ?
यस वडामा राजदल गण, कृषि अनुसन्धान परिषद्, रेडियो नेपालका गरी रोपनीका रोपनी सरकारी जग्गाहरु रहेको छ ।ती जग्गाहरुमा अन्तर्राष्ट्रिय स्तरको सभा हल बनाउन सकिन्छ । ललितपुरमा एउटा पनि सभा हल छैन । अन्य ठाउ“ सभाहल बनाउन पायक पर्देैन् , जति यो वडामा पायक पर्दछ । मैले सार्वजनिक सभा, समारोहमा भन्दै पनि यही भन्दै आएको छु ‘मानव बस्तीको बीचमा सेनाको व्यारेक किन चाहियो ? राजदल गण जनहितको लागि उपयोग गर्न दिने सरकारको नीति बन्ने हो भने यहा“ दक्षिण एसियामै उदाहरण हुने अन्तर्राष्ट्रियस्तरको सभाहल बनाउन सकिन्छ ।

त्यसैगरी खुमलटारको खुल्ला जग्गामा बर्सपाक बनाउन सकिन्छ । ललितपुरमा उत्पादन हुने कृषिजन्यको बजार केन्द्र बनाउन सकिन्छ ।जिल्लाको दक्षिण भेगमा उत्पादित तरकारी र कृषि उत्पादनको लागि एउटा बजारको खा“चोलाई पूर्ति गर्न सक्ने आधार यस वडामा रहेको छ ।यस विषयमा नेपाल सरकारले गम्भीरतापूर्वक लिने विश्वास रहेको छ ।

यत्रो सरकारी जग्गा भएपनि वडा भवन बनाउन किन प्रयास गर्नुभएन ?
कृषि अनुसन्धान परिषद्लाई वडा भवन बनाउन एक रोपनी जग्गा उपलब्ध गराउन पटक पटक ताकेता गर्दै आएको छु । तर पनि परिष्दले वास्ता गरेको छैन । त्यत्रो जग्गा भएपनि वडा कार्यालय भाडा तिरेर बस्नुपर्ने अवस्थाको अन्त्यका लागि पहल गर्दै आएपनि त्यसले सार्थकता पाउन सकेको छैन।

गाउँगाउँ सिहदरबार भन्ने चुनावताका सुनिएको नारालाई अहिले कसरी लिनुभएको छ ?
स्थानीय तहमा हिजोको तुलनामा केही अधिकार आएको हो। तर कर्मचारी अभाव, केन्द्रीकृत सोचले गर्दा जनताले त्यसको अनुभूत गर्न सकेको छैन । संविधान प्रदत्त अधिकार आफुसम्म मात्र सीमित गर्न तल दिन नचाहने प्रवृति सबै तहमा देखिएको छ ।कर्मचारीलाई केन्द्रीकृत मानसिकताले निकै गा“जेको छ । मैले त महानगरपालिकामा नगरस्तरीय योजना राख्नुहु“दैन, सबै योजना वडास्तरीय नै बनाउनुपर्दछ भनेर भन्दै आएको छु । नगरस्तरीय योजना र अवन्डामा (म्युचएल फण्ड) राख्ने कार्य संघीयताको मर्म विपरीत रहेको छ ।महानगरपालिकाले न्यायिक कार्य, लगायत अन्य कार्यको पनि अधिकार प्रत्योजन गर्दै लग्नुपर्दछ ।

० कार्यपालिकाको सदस्यको हैसियतमा भन्नुपर्दा महानगरपालिकाले अहिलेसम्म जनताले अनुभूत हुने गरी के के कामहरु गरेको छ ?

अहिलेसम्म देखिने गरी खासै काम भएको छैन ।

स्थानीय तहको निर्वाचन भएको दुई वर्ष पुरा भएर तीन वर्षमा प्रवेश गर्न लाग्दा पनि केही ठोस काम किन नभएको त ?

कार्यपालिकाको प्रमुखको भिजन र समन्वय गर्ने क्षमताको अभावले हो ।

० प्रमुखले त विपक्षी वडाअध्यक्षहरुले काम गर्न दिएनन् भन्ने सार्वजनिक रुपमा बोल्दै आउनुभएको छ । यस बारे के भन्नुहुन्छ ?
उहा“ले ल्याउनुभएको कुन राम्रो प्रस्तावलाई हामीले नकार गरेका छौं ।अहिलेसम्म ‘नोट अफ डिसेन्ट’ राखेका छैनौ । राम्रा काममा प्रमुखलाई मात्र नभई विपक्षी दल (नेपाली का“ग्रेस) का वडाअध्यक्षले गरेका कार्यप्रति ऐक्यबद्धता जनाएर सघाउ“दै आएको उदाहरण पनि छ ।

सार्वजनिक हित र जनहितका काममा विपक्षी दलका वडाअध्यक्षहरु बाधक हुने सवाल पनि आउ“दैन । हामी पनि जनताप्रति जवाफदेही हुनुपर्दछ । राम्रा काममा विरोध गरेर जनताको अगाडि लज्जित हुने स्थिति आउन नदिनेमा हामी पनि सचेत छौं । आफ्नै कारणले असफलता व्यहोर्ने र त्यसको दोष र असफलता ढाक छोप गर्न विपक्षीलाई निराधार आरोप लगाउ“दै हिड्ने कार्य प्रमुखलाई सुहाउने विषय पनि होइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>