खेलकुद

नेपालले चाइनिज ताइपेइसँग खेल्ने

Banner

शुक्रबार, वैशाख २०, २०७६

 

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले चाइनिज ताइपेइसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत प्लेअफ चरण नखेली अन्तिम छनोटमा सहभागी हुने तयारीमा रहेको नेपालले त्यसको तयारीका लागि खेल खेल्न लागेको हो । खेल ताइपेइस्थित काओसुइङमा जुन ६ तारिखमा खेलिनेछ । नेपालको फिफा वरीयता १ सय ६१ रहेको छ भने चाइनिज ताइपेइ १ सय २५ स्थानमा छ ।

राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालीनले विश्वकप छनोटका लागि यो खेलले निकै सहयोग पुग्ने बताएका छन् । ‘हामीले आफूभन्दा माथिल्लो वरीयताको टोलीसँग खेल्न पाउनु खुसीको कुरा हो । हामीले खेल सुरु हुँदासम्म कडा परिश्रम गरेर राम्रो तयारी गर्नेछौं,’ उनले भने । खेलका लागि राष्ट्रिय टोलीको तयारी छिट्टै सुरु हुने उनले जानकारी दिए ।

कालीनले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि दुई मैत्रीपूर्ण खेल खेलाईसकेका छन् । कुवेतविरुद्ध दुई मैत्रीपूर्ण खेलमा नेपालले एक हार र एक बराबरी खेलेको थियो । उक्त टोलीमा भने पहिलो रोजाईका अधिकांश खेलाडी यू-२३ टोलीमा रहेकाले उपलब्ध थिएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>