गण्डकी

बेनीमा बालगृहको विस्तारका लागि आर्थिक अभाब

Banner

गलेश्वर, माघ २५ –

म्याग्दीको सदरमुकाम बेनीमा अनाथ बालबालिकाको आश्रय र शिक्षादिक्षाका लागि सञ्चालित धौवलागिरि क्षेत्रकै एकमात्र बालगृह ‘म्याग्दी बालगृह’को क्षमता र पूर्वाधार विस्तारका लागि आर्थिक अभाब भएको छ ।

नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित बाहगृहमा आश्रित बालबालिकाका लागि भौतिक पूर्वाधारको समस्या भएपछि पूर्वाधार विस्तार गर्न भएको बाल सङ्गठन म्याग्दीका सभापति नेत्रबहादुर महतले बताउनुभयो । सभापति महतले अनाथ बालबालिकाको सुविधा र सहजताका लागि पूर्वाधार विस्तार गर्न लागिएकाले यथाशक्य आर्थिक सहयोग गर्न मनकारी व्यक्ति, सङ्घसंस्था तथा विभिन्न निकायलाई आग्रह गरे ।
सङ्गठनले बिहीबार साँझ बेनीमा एक कार्यक्रमको आयोजना गरेर अनाथ बालबालिकाले आश्रय लिँदै आएको बालगृहको थप भवन निर्माणका लागि सहयोग सङ्कलन अभियान शुरु गरिएको जानकारी गराएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>