कर्णाली

सरकार फाँसीवादतर्फ उन्मुखः मोहन बैद्य

Banner

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

महासचिव बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि गरे । ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले रेशम चौधरीलाई जन्मकैदको सजाय दिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे ।

महासचिव बैद्यले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्न पनि सरकारलाई आग्रह गरेका थिए ।

महासचिव बैद्यले चन्द नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

उनले राष्ट्रियता र जनजीविकालाई थाती राखेर मुलुकमा समृद्धि ल्याउन नसकिने महासचिव बैद्यले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>