अन्तर्राष्ट्रिय

पाकिस्तानमा बम विष्फोट, १६ जनाको मृत्यु

Banner

एजेन्सी–पाकिस्तानमा बम विष्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेट्टा शहरको बाहिरी क्षेत्रमा भएको विष्फोटमा अरु ३० जना घाइते भएका छन् ।

व्यस्त तरकारी बजारमा आलुको बोरामा लुकाएर राखिएको बम विष्फोट भएको बताइएको छ । विष्फोटमा ज्यान गुमाउनेमा अधिकांश अल्पसङ्ख्यक शिया सम्प्रदायका हजारा मुसलमान रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । यद्यपि पाकिस्तानमा तालिबान र इस्लामिक स्टेट आतंककारी समूहले बेला बेला अल्पसङ्ख्यक हजारा मुस्लिम समुदायलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>