क्रिकेट

नेपालद्वारा सिंगापुरसामू २८३ रनको लक्ष्य प्रस्तुत

Banner

काठमाडौं– मलेसियामा जारी आईसीसी यु—१९ विश्वकप क्रिकेटको एसिया छनोेटमा नेपाली युवा टोलीले सिंगापुरको युवा टोलीलाई २सय८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको एससीटी मैदानमा भएको खेलमा टस हारेर पहिलो याटिङको निम्तो पाएको नेपाली टोलीले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८२ रन बनाएको हो ।

नेपालका ओपनिङ ब्याट्सम्यान रित गौतम १ र उनको स्थानमा मैदान प्रवेश गरेका आसिफ शेख ८ रनमा आउट भएपछि दबाबमा रहेको नेपाली टोलीका लागि कप्तान रोहित कुमार पौडेल र अर्का ओपनिङ ब्याट्सम्यान पवन सरार्फबीचको इनिङले नेपाली टोलीले सम्मानजनक लक्ष्य प्रस्तुत गरेको हो ।

१ सय ५ बलको सामना गरेका कप्तान रोहित कुमार पौडेलले ९५ रन बनाए भने पवन सरार्फले ४७ रन बनाएका थिए । त्यस्तै, नेपालका बलिङ अलराउण्डर राशिद खानले ४८ रन बनाए भने अर्का बलिङ अलराउण्डर कमलसिंह ऐरीले ३१ रन र भीम सार्कीले २६ रन बनाएका थिए ।

यस्तै, नेपालविरुद्ध टस जितेर पहिलो ब्याटिङ गरेको सिंगापुरका लागि अर्थव गुनेले ४ विकेट लिए भने राउल शर्मा र भिनित मेहताले समान २—२ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>